मनरीकाे दुई दिने माघी महोत्सव मेला सम्पन्न

136
बिज्ञापन

 

उमेश वि.क / नवलपरासी , १ माघ

Advertisement

नवलपरासीको सरावल गाउँपालिका २ जनता मा.बि मनरीकाे प्रांगणमा थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १३ अाैँ माघी महोत्सब मेला अाज सम्पन्न भएको छ ।

सरावल गाउँपालिका २ मनरीमा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे १३ अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रम थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले “अापन धरम अापन इमान कलासंस्कृति अापन पहिचान” भन्ने मुल नाराकाे साथमा दुई दिने माघी महोत्सव मेला अाज सम्पन्न भएको हो ।

पुस ३० गतेदेखि नै सञ्चालन भएको महोत्सव लोप हुन लागेको थारु कला संस्कृति जगेर्ना गर्न माघी महोत्सव श्रीराम युवा प्रतिष्ठानकाे १३ अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रम संयाेजक संजय चाैधरीको अध्यक्षतमा तथा सरावल २ काे १०८ बर्षिय जेष्ठ नागरिक इनरी देबि थारुको प्रमुख आतिथ्यता एवम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीको बिशेष आतिथ्यतामा दुई दिने माघी महोत्सव मेला अाज सम्पन्न गरिएको हाे ।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष चाैधरीले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे । प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ । र सरावल गाउँपालिका २ मा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस र यश क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा श्रीराम युवा प्रतिष्ठानकाे संस्थापक अध्यक्ष भेष नरायण चाैधरी , क्लबका संस्थापक सदस्य कृपा काैशल चाैधरी ,नेपाल अादिबासि जनजाति महासंघ नवलपरासी अध्यक्ष देवराज चाैधरी,युवा समाजसेवी ताराचन्द चाैधरी
,रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर,सरावल गाउपालिका उपाध्यक्ष उतमा राय, थारु कल्याणकारी केन्द्रीय सदस्य कृष्णदत गाैरव, भलिबल संघको केन्द्रीय सदस्य श्रीधर शर्मा , नगेन्द्र चाैधरी ,टिपराज राय,गिता चाैधरी लगायतले बाेल्नुभएकाे थियो ।

१३ अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि बालपुरी उपशाखा सरावल १,२,३ द्वारा प्रयाेजित रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ। रक्तदान कार्यक्रमा २४ जनाले रक्तदान गरेका छन।

महोत्सवमा कलशयात्रा ,थारुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु जस्तै झमटा,झुमरा, झर्रा, लाठिनाच र खानाका परिकारहरुकाे स्टल, थारु रेष्टुरेन्ट, थारु स्टल, विशाल घाेङ्गि प्रदर्शन, चिट्ठा कार्यक्रम र खुला पुरुष भलिबल प्रतियाेगिता साथै महोत्सवलाई थप प्रभावकारी बनाउन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेकाे थियाे ।