बिज्ञापन

नवलपरासी । मतदान गर्नका लागि हिंडेका मतदाता चढेकाे जीप स्याङ्जाको वालिङमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । थप ११ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय स्याञ्जाले जनाएकाे छ ।

जीप वालिङ-१४ सिख्रेबाट मतदाता लिएर अर्खलाबासिस्थित मतदान केन्द्रमा आउँदै गर्दा वालिङ नगरपालिका-१४ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए। मृतक र घाइते सबै एउटै गाउँका हुन् । विस्तृत विवरण आउन बाँकी छ।’

Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङजाले ११ जना थप उपचारका लागि पोखरा पठाइएको प्रारम्भिक सूचना आएपनि घटनास्थल पुगेको टोली आएपछि मात्रै पूरा विवरण आउने जनाएको छ ।

जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले बताए ।

Advertisement