नवलपरासी । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पश्चिमले एक जना मतदान अधिकृतलाइ बर्खास्त गरेकाे छ । बर्खास्त गरिएकाे कार्वाहीमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत श्याममणी प्रसाद मण्डल परेका हुन् ।
मंसीर ३ गते दिउंसाे १२ बजेको समयमा जिल्ला नवपलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत बर्दघाट न.पा. १३ मझौनी स्थित दुर्गा माध्यमिक बिद्यालयमा मतदान अधिकृतको रुपमा खटिएका जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मण्डल मादक पदार्थ सेवन गरी मतदान केन्द्र भित्रै अचेत अवस्थामा फेला परेपछि कार्वाही गरिएकाे हाे ।
अचेत अवस्थामा फेला परेकोले तत्काल प्रहरी टोली खटि गई नियन्त्रणमा लिई परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा स्वास्थ्य परिक्षण गराई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र निजको स्थानमा क्षेत्र नं.१ निर्वाचन अधिकृतको कार्यालय बर्दघाटबाट अर्को मतदान अधिकृत नियुक्ति गरि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
याे पनि समाचार पढ्नुहाेस् …


