भोकमरीको सँघारमा म्याडग्यास्करः ४ वर्षदेखि पानी नपरेपछि गहिरियाे खाद्य संकट

२६ अगस्त २०२१ ।
म्याडग्यास्कर अहिले भाेकमरीकाे संघारमा पुगेकाे छ ।  त्यहाँका मानिसहरू कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता सिर्जना भएकाे छ ।
याे अवस्था सिर्जना हुनुकाे पछाडी प्रमुख कारण हाे, जलवायु परिवर्तन ।
जलवायु परिवर्तन भएपछि मेडागास्करमा विगत चार वर्षदेखि पानी परेकाे छैन । विगत चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो याे। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्। अरूहरू, भोकबाट व्याकुल मानिसले आफूले खेती गरेको बाली विरूवा नचोरून् भनेर खेतमै सुत्न थालेका छन्।
७५ देखि ८० प्रतिशत बालबालिकाहरू विदालय जान छाेडिसके । विद्यालय शिक्षा छाडेर कहाँ गए त उनीहरू भनेकाे त खानेकुराकाे जाेहाे गर्नका लागि जंगल, बाटघाट लगायतका स्थानमा खानेकुराकाे खाेजीमा भाैंतारिएकाे अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसी ले जनाएकाे छ ।
म्याडगास्कर अफ्रिका महादिपकाे उत्तरमा स्थित छ । वनीला महादीपकाे समुह राष्ट्रहरूमा पर्दछ । यस समुहमा ६ वटा देशहरू, मैयट, काेमाेराेस, मारीशस, सेशेल्स, रीयूनियजन, र मेडागास्कर । र मेडागास्कर विश्व काे चौथाे सबभन्दा ठुलाे द्वीप हाे । मेडागास्कर १५० वर्ष अघि नै अफ्रिकाबाट अलग भइसकेकाे छ । तर 19अाैं शताब्दी काे अंतमा मैडागास्कर फ्रांसद्वारा उपनिवेश बन्न पुग्याे ।
मैडागास्कर ले २६ जुन सन 1960 मा स्वतंत्रता प्राप्त गरेपछि अाज एक लोकतान्त्रिक राज्य हाे । 5,87,040 वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे यस देशमा करिब २ कराेड ६० लाख जनसंख्या रहेकाे छ । राताे माटाे भएकाले यसलाइ “ग्रेट रेड द्वीप” पनि भनिन्छ, मैडागास्करकाे पश्चिम उत्तरी क्षेत्रमा लाइमस्टोन अर्थात चूना पत्थर पाइन्छ । साधारणतया यस्ताे माटाे कृषि कार्यकाे लागि उपयाेगी मानिदैन ।
केन्द्रीय उच्चभूमि धेरै चिसाे र सुख्खा छ, यसै भूभागमा केही मात्रामा खेती गरिन्छ र यहाँ खासगरी धान उत्पादन हुने गर्छ । यहांकाे मानिसकाे मुख्य खाना नै चामल र चामलबाट बनेकाे परिकार  हाे तर …….
राष्ट्रसङ्घका अनुसार विगत चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै “डरलाग्दो” भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्।
याे विगत चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। जलवायु परिवर्तन भएपछि मेडागास्करमा देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन् । म्याडग्यास्कर “जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी” को सँघारमा पुगेको छ। ४ लाख मानिस भाेकमरीकाे चपेटामा परेका छन् ।
संयुक्त राट्रसंघका अनुसार ७५ देखि ८० प्रतिशत बालबालिकाहरू विदालय जान छाेडिसके । विद्यालय शिक्षा छाडेर कहाँ गए त उनीहरू भनेकाे त खानेकुराकाे जाेहाे गर्नका लागि जंगल, बाटाेघाटाे लगायतका स्थानमा खानेकुराकाे खाेजीमा भाैंतारिएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार पाँच वर्षमुनिका कम्तीमा पाँच लाख बालबालिका कुपोषणको सिकार हुने सम्भावना छ ।
“यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो,” राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी का अनुसार यस दशकमा यस्ताे खाद्यकाे दयनीय अवस्था संसारमा कतै छैन । पछिल्लाे ५ वर्षमा बालबािलकाकाे कुल संख्याकाे ५० प्रतिशत भन्दा बढी कुपाेषणका सिकार भएका छन् । कुपाेषणले जराे गाडेकाे अवस्थामा पछिल्लाे समय काेराेनाकाे प्रभावले स्थिति झनै दयनिय बनाएकाे छ । राज्यकाे खाद्य भण्डार रित्तिएकाे अवस्थामा पुगेकाे छ । जसले मानिस माटाे र किरा फट्यांग्रा खाएर बांचीरहेका छन् ।
मेडागास्करमा दुइ तिहाइ जनसंख्या गरिबीकाे रेखामूनि रहेकाे छ । अर्थात यति धेरै जनसंख्याकाे दैनिक अाय १.२५ डलर भन्दा कम रहेकाे छ । गरिबीले कुपाेषण र कुपाेषणले राेग वा भाेकमरीमा धकेलेकाे छ । “बजारमा भएकाे खाद्यवस्तुकाे मूल्य तीन-चारगुनाले बढिरहेको छ । मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन्।
गरिबी, कुपाेषण र भाेकमरीकाे चपेटासंग संघर्ष गरिरहेकाे मेडागास्करले विश्व समुदायसित साढे १५ कराेड डलरकाे सहायता माग गरिरहेकाे छ ।
म्याडग्यास्करको एउटा जिल्लामा एक बालिकाको पाखुराको नाप लिइँदै