बिज्ञापन

काठमाडौँ- बेलायती सांसदहरुले चिनियाँ सीसीटीभी निर्माता कम्पनी हाइकभिजनलाई कालोसूचीमा राख्न माग गरेका छन् ।

मानवअधिकार उल्लङ्घनका घटनामा यस कम्पनीको नाम जोडिएसँगै बेलायती सांसदहरुले कालोसूचीमा राख्न माग गरेका हुन् ।

Advertisement

एसियन लाइट इन्टरनेशनल समाचार संस्थाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको आशिंक नियन्त्रणमा रहेको विश्वास गरिने यस कम्पनीलाई कालोसूचीमा राख्न बिग ब्रदर वाच नामक गैर सरकारी संस्थाले आह्वान गरेको थियो ।

सुरक्षा चुनौति एवम् सिन्जियाङ क्षेत्रमा स्थापित ‘पुनर्शिक्षा शिविर’ मा समेत यस कम्पनीको सीसीटीभी प्रयोग हुँदै आएका कारण कम्पनीलाई कालोसूचीमा राख्न माग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अधिकारवादीहरुले यस कम्पनीका उत्पादनलाई बेलायतमा मात्रै नभई अन्य मुलुकहरुमा पनि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad