बुद्धज्याेति प्रा.बि काे प्र.अ मा बिनाेद पाण्डे

26
बिज्ञापन

उमेश बि.क / सरावल , ८ मंसिर

नवलपरासीको सरावल गाउँपालिका ४ हातिबनमा अवस्थित बुद्धज्याेति प्राथमिक बिद्यालयकाे प्र.अ मा बिनाेद पाण्डे चयन हुनुभएको छ ।

Advertisement

बिद्यालयकाे ब्यवस्थापन समितिकाे बैठकले अाज उक्त निर्णय गरेकाे हाे।

२०६८ सालमा स्थापना भएको वडा नं ४ काे एक मात्र सामुदायिक बिद्यालय त्यस क्षेत्रका दलित , मधेसी, अादिबासि जनजाति लगाएत बर्गका बच्चाहरु समेटेर शिक्षण सिकाइ कार्य सराेजा जैसवाल प्र.अ नेतृत्वमा बिद्यालय सन्चालन भइरहेको थियोे ।

सराेजा जैसवालकाे याेग्यता कम भएकोले त्यस बिद्यालयमा साेचे जस्तो उपलब्धि अाउन नसकेको हुदा बिद्यालयमा भर्ना भएको बिद्यार्थीहरु घट्ने क्रम बढेको अभिभावकहरुकाे गुनासो रहेको थियो ।

बिद्यार्थीहरु घट्ने क्रम बढेले अभिभावक ,बिद्यालय ब्यवस्थापन समिति, शिक्षा प्रेमि र त्यस वडाका वडा अध्यक्ष, वडा सदस्य लगाएतका ब्यक्तिहरुले बिद्यालयकाे शिक्षामा गुणस्तर ल्याउने हेतुले प्र.अ परिवर्तन गर्ने निर्णयमा गुगेका हुन।

बुद्धज्याेति प्राथमिक बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष गंगा चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकमा सरावल गाउँपालिका वडा नं ४ वडा अध्यक्ष छाेटेलाल यादव,शिक्षक युनियन पुर्ब जिल्ला अध्यक्ष माेहन प्रसाद शर्मा, सरावल गाउँपालिका स्तरीय प्याप्सन युनियन अध्यक्ष सुखाडि प्रसाद चाैधरी, वडा सदस्य सुर्य नरायण यादव, शिक्षक अभिभावक संघ अध्यक्ष निराहि चाैधरी, समाजसेवी मनाेज चाैधरी, जनमेजय यादव, बृजलाल यादव, छेदि प्रसाद चाैधरी, राशरण कनाैजि, हरिबन्स यादव, टिकाराम सहानि, रामाचल हरिजन लगाएतले विद्यार्थी सङ्ख्या र अन्य विषयसँगै शैक्षिक गुणस्तरमा पनि सुधारको आवश्यकता रहेको र गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गुणात्मक शिक्षामा जोड नदिने हो भने अहिले सिकेका कुरा भोलि बिर्सने समेत सक्नेछन् ।

विद्यालयको सुधार शिक्षकबाट मात्र सम्भव भएकाले शिक्षा सुधार गर्ने अभिप्रेरणा शिक्षकराख्दै शिक्षा सुधारका नीतिगत समस्यालाई समाधान गदै शिक्षामा गुणस्तरल्याई प्रतिस्पर्धी शिक्षा बनाउनुपर्ने कुरामा जाेड दिइएका थिए ।

Advertisement