पप्पु रेग्मी, बर्दघाट, २८ फागुन २०७८ ।
पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट नगरपालिका वडा नम्वर ४ को २१औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकाले नगरबासीलाई अहिलेसम्म नगरका ८० प्रतिशतभन्दा बढी घरधुरीमा शुद्ध खानेपानी पुर्याइएको बताउंदै कृषि, पर्यटनको क्षेत्रमा नगरले विभिन्न योजनाहरु ल्याएको र नगर दुध र अण्डामा आत्मनिर्भर बनेको बताए ।
संस्थाका अध्यक्षद्धारा संस्थाको प्रगति एवं आगामी रणनीति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष थुमा बस्यालले संस्थाको कुल ८ करोड ९८ लाख २ हजार २ सय ६४ रुपैया बराबरको आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष ०७७÷ ०७८ मा संस्थाले २ करोड २० लाख २१ हजार ६ सय ८७ रुपैया आम्दानी गरेको र कुल खर्च १ करोड ६२ लाख ८० हजार ४ सय ६४ रुपैया रहेको संस्थाले ५७ लाख ४१ हजार २ सय २२ रुपैया जम्मा गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गरेकाे बताउनुभयाे ।
कार्यक्रममा लेखा संयाेजक गोपाल पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका संयोजक दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग बुटवलका आयोजना प्रमुख अतुलेश कुमार कर्ण, नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, सस्थाका पूर्व अध्यक्ष सिद्धिबिलाश हमाल, जिल्ला खानेपानी उपभोक्ता महासंघ नवलपरासीका जिल्ला सचिव देवीदत्त सापकोटा, एकिकृत समाजबादीका बर्दघाट नगर अध्यक्ष लोकेन्द्र पाण्डे, पारिजात सामुदायिक वनका सचिव कृष्ण प्रसाद न्यौपाने, बर्दघाट सरावल सब वन डिभिजनका प्रमुख गिरिराज पन्त, समाजसेवी, बद्रीनाथ खनाल, शम्भुलाल श्रेष्ठ, बेलहानी खानेपानी संस्थाका अध्यक्ष बृहस्पति अधिकारी, नेकपा एमालेका नगर उपाध्यक्ष शिवदेव न्यौपाने, नेपाली कांग्रेसका बर्दघाट नगर सभापति दामोदर जि.सी., नेकपा माओवादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा, नरेश खनाल, राजेन्द्र सुनार, छबिलाल खरेल, देवी लौडारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उत्कृष्ट कार्य गर्ने कर्मचारी, संस्थालाई सर्वाधिक महसुल बुझाउने संस्था लगायत उपभोक्ताहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको थियो भने कार्यक्रममा स्थानिय कलाकारद्धारा नृत्य प्रस्तुत समेत रहेको थियो । सस्थाका कार्य समिति सदस्य रेनुका खत्री गिरिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव धन बहादुर गुरुङले गरेका थिए ।