Advertisement

पप्पु रेग्मी ।

यूरेशिया रेयूकाई २२औं शाखा मूख्य हल पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ४ को आयोजनामा जागृति भव्य भेला समारोह शनिवार बर्दघाट स्थित शान्ति नगरमा सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको शाखा अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता यूरेशिया रेयूकाई २२ औं शाखा बर्दघाटका मिहाता जिम्मेवार शिबुचो भिम बहादुर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न गरिईएको भेलामा प्रमुख अतिथि गुरुङले सहभागिहरुलाई रेयूकाई शिक्षाको महत्व वारे प्रकाश पार्दै पुर्खा स्मरण गर्नुपर्ने मार्ग निर्देशन गरेका थिए ।

कार्यक्रममा शिवुचो दुर्गा गुरुङ, शिवुचो सुरेन्द्र जङ्ग शाह, शिवुचो विष्णु प्रसाद घिमिरे, दिलमाया थापा, होजासु रविन्द्र सापकोटा लगाएतले रेयूकाई (आध्यात्मिक बन्धुत्वको समाज)को विषयमा बोलेका थिए ।

कार्यक्रमका अध्यक्ष पाण्डेले सन् २०२१ को क्रियाकलापको घोषणा र सन २०२२ को आगामी वर्षको कार्यक्रमको नारा नीति, लक्ष्य, उद्देश्यको कार्यपत्र प्रस्तुत गरेका थिए ।

भेलाको स्वागत मन्तव्य चित्र प्रसाद गुरुङको रहेको कार्यक्रमको संचालन शिव पाण्डेले गरेका थिए ।

Advertisement