15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा एक दिवसीय निःशुल्क कृषि तालिम सम्पन्न

- Advertisement -

बर्दघाट । बर्दघाट नगरपालिका–४ स्थित उद्योग वाणिज्य संघ बर्दघाटको आयोजनामा तथा बर्दघाट नगर स्तरीय कृषक सञ्जालको समन्वयमा एक दिवसीय निःशुल्क कृषि तालिम सम्पन्न भएको छ । तालिम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
उक्त तालिम कार्यक्रम उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगरपालिकाका उप–प्रमुख रूद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख उपाध्यायले नगरपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिइरहेको जानकारी गराउँदै, नगरपालिकाले सुरु गरेको कृषि बजार केही कारणले गर्दा बन्द गर्नुपरेको उल्लेख गर्नुभयाे ।
तालिममा बर्दघाट नगरका प्रशासकीय अधिकृत प्रकाश खनाल, पशुपंक्षी शाखा प्रमुख भरत लम्साल, कृषि शाखाका अधिकृत नबिन ढकाल, कृषि विज्ञ डा. केदार बुढाथोकी, र उद्योग वाणिज्य संघका महासचिव गंगा पाठक लगायतका वक्ताहरूले कृषकहरूको समस्या र समाधानका विषयमा प्रष्ट विचार राखेका थिए ।
तालिममा सहभागी कृषकहरूले कृषि क्षेत्रका व्यावहारिक समस्याहरू उठाउँदै त्यसको समाधानमा सहकार्यको आवश्यकता रहेको बताएका थिए । तालिमले कृषकहरूलाई जानकारी मूलक र व्यावसायिक रूपमा उत्प्रेरित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।  तालिमकाे सहजिकरण कृषि विज्ञ डा. केदार बुढाथोकीले सहजीकरण गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme