बिज्ञापन

नवलपरासी । विहिवार दिउँसो परेको अविरल वर्षाको कारण खोलामा पानीको बहाव बढ्दा पुर्व पश्चिम राजमार्गकाे आवतजावत ठप्प भएकाे छ ।

पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका १ सोमनाथ स्थित राजमार्गमा निर्माणधिन अवस्थामा रहेको सोमनाथ खोला पुल नजिकको डाईभर्सन बाढीले बगाउदा बाटो पुर्ण रुपमा अवरुद्ध भएको हाे ।

Advertisement

राजमार्गकाे आवतजावत ठप्प भएपछि प्रहरीले सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाएको छ । राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवल चोक – परासी – भुमहीचोक हुदै आवतजावतको ब्यवस्था मिलाईएको छ । बाटो सूचारू गराउनका लागि डाइभर्सन मर्मतको कार्य भईरहेको सूचना अधिकारी भोजराज पाण्डेयले जनाएका छन् ।

डाइभर्सन जेठ ११ गते दिउसाे सवा २ बजेकाे समयमा पानीले बगाएकाे थियाे ।

Advertisement