22 C
New York
Friday, June 14, 2024

Buy now

spot_img
spot_img

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापती देउवाले दिए मोदीलाई बधाई

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । ५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाकाे २ सय ४० सिटसहित उसकाे नेतृत्वमा रहेकाे एनडीए गठबन्धनले २९२ सीटमा जित हासिल गर्दै बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्ड र देउवाले बधाई दिएका हुन् ।

भारतमा सरकार गठनका लागि २७२ सीट प्रयाप्त हुन्छ ।

सामाजिक सञ्जाल एक्समा मोदीलाई बधाई दिंदै प्रधानमन्त्री प्रचण्डले भनेका छन् ,- ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’

प्रधानमन्त्री प्रचण्डको बधाई तथा शुभकामना सन्देशलाई सामाजिक सञ्जाल एक्समा सेयर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध मजबुत बनाउने बताएका छन् । उनले भनेका छन्- ‘प्रधानमन्त्री प्रचण्डजी! तपाईंको न्यानो शुभकामनाका लागि धन्यवाद! भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गरेको छु।’

त्यसैगरि नेपाली कांग्रेसमा सभापती शेरबहादुर देउवाले बधाई दिँदै एक्समा लेखेका छन्, ‘नेपालका परम मित्र नरेन्द्र मोदीजीलाई बीजेपी र एनडीएको जितसँगै लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएकोमा हार्दिक बधाई! तपाईंको नेतृत्व, समर्पण र दूरदर्शिताले भारतको उज्ज्वल भविष्यलाई प्रेरणा र आकार दिइरहेनछ।’

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme