पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाले आज एक कार्यक्रमका बीच पञ्चवर्षीय शिक्षा याेजना सार्वजनिक गरेकाे छ । याेजनामा २०७९/०८० देखि २०८३/०८४ सम्म गरिने सम्पुर्ण कार्यकाे याेजना समावेश गरिएका छन् ।
बेलाटारी स्थित त्रिभुवन क्याम्पसकाे गान्धी हलमा सञ्चालित सार्वजनिकीकरण कार्यक्रम प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी घिमिरेकाे सभापतित्व तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवकाे प्रमुख आतिथ्यतामा आयाेजन गरिएकाे थियाे ।

आर्थिक तथा सामाजिक रूपान्तरणकाे माध्यमबाट न्यायपुर्ण समाजकाे विकाससहित नेपाललाइ समृद्ध र नेपालीलाइ सुखी बनाउन याेगदान गर्ने दीर्घकालीन राष्ट्रिय साेंच लिइएकाे छ । नव निर्वाचित जनप्रतिनिधिका बीच सार्वजनिक गरेपछि अगामी पाँच वर्ष शैक्षिक क्षेत्रमा काम गर्न सहज बनेकाे बताइएकाे छ ।
हाम्राे इच्छा, प्रतापपुरमा प्रविधियुक्त बहुआयामिक शिक्षाकाे दुरदृष्टि राखिएकाे बताइएकाे छ । प्राविधिक तथा व्यावसायिक शिक्षाकाे विस्तार गरि क्षमतायुक्त, नैतिकवान, स्वावलम्बी नागरिक तयार पार्ने लक्ष्य प्रतापपुर गाउँपालिकाले लिइएकाे जनाएकाे छ ।
बालविकास कक्षालाइ परिष्कृत बालमैत्री मनाेरञ्जनात्मक सिकाइकाे केन्द्र बनाउनु जस्ता उद्देश्यहरू निर्धारण गरिएका छन् ।
