Advertisement

नवलपरासी

पश्चिम नवलपरासीकाे प्रताापुर गाउंपालिकामा भइरहेकाे मतगणनाकाे पछिल्ला अपडेट अनुसार नेपाली कांग्रेसका उम्मेदवार उमेश चन्द यादव १०७० मतका साथ अगाडि रहेका छन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार राजेश चाैधरी ७९७ मतका साथ दाेश्राे स्थानमा रहेका छन् । वडा न. १ काे मतगणनामा जसपा उम्मेदवार चाैधरी ३१ मतले अगाडि रहेका थिए ।

वडा नं. २ काे मतगणना सकिएसंगै नेपाली कांग्रेसले २७३ मतले अग्रता लिएकाे छ । याे समाचार लेखिरहदा वडा नं. ३ काे मतगणना चलिरहेकाे छ ।

वडा नं. २ मा सर्वाधिक मत ७७८ प्राप्त गरी राप्रपाका ववडाध्यक्ष पदका उम्मेदवार राम नरेश यादव विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार इश्वरी प्रसाद चाैधरी ६१७ मत प्राप्त गरेका छन् ।

यस अघि घाेषणा भइसकेकाे वडा नं. १ मा नेपाली कांगेसका उम्मेदवार महेन्द्र बहादुर चाैधरी ६२८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका वडाध्यक्षका उम्मेदवारले ३५० मत प्राप्त गरेका छन् ।

Advertisement