बिज्ञापन

विगत लामाे समयदेखि पानी नपर्दा धान खेतमा धाँजा फाटेको छ । भर्खर रोपेको धानलाई प्रशस्त पानी चाहिने भए पनि चर्को घाम र वर्षा नहुँदा धान बाली प्रभावित हुन थालेपछि किसान चिन्तित बनेका छन् । धाँजा फाटेको खेतकाे उत्पादन कमजाेर मात्र हुने नभइ अझै पनि केही दिन पानी नपर्ने हाे भने धानबाली सुकेर जाने सम्भावना बढेकाे छ ।

नवलपरासी जिल्लाकाे प्रतापपुर, महेशपु, गाेपीगञ्ज, बर्दघाट लगायतका स्थानमा रोपो सुकेर उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । खेतमा पानी सुकेको एक साता भइसक्याे । पानी परेकाे छैन। पानी पर्ने लक्षण पनि कमजाेर बन्दै गएपछि किसान चिन्तित बनेका छन् ।

किसानकाे एउटै स्वर छ। राेपेकाे धान सुक्न थालीसक्याे, राेपेपश्चात पानी परेकाे छैन । एक दुई पटक सिमसिम पानी परे पनि त्यो पर्याप्त हुँदैन । ‘आकासे पानीको भलपानी छोपेर जसोतसो रोपाइँ गरियो । अहिले चर्को घामले गर्दा खेतमा पानी सुक्यो । अब एक दुई दिन यस्तै चर्को घाम लाग्यो भने रोपो सबै सुक्छ,। राेपाइँको समयमा रासायनिक मलबिना रोपियो । अहिले खेतमा धाँजा फाटेपछि उत्पादन हुने आशा छैन ।

परासी, पाल्हिनन्दन, सरावल, सुनवल क्षेत्रका कतिपय किसानले भूमिगत सिँचाइ मार्फत रोपाइँ गरेका छन्, रोपेको दिनदेखि नै पानी परेको छैन । लामो समय चर्को घाम लागेपछि बोरिङमार्फत सिँचाइ गर्न थालिएकाे छ । तर, समय र पानी बढी खपत भएको र यसले लागत बढाएको छ । रोपो नसर्दै धाँजा फाट्दा सुक्ने डरले बोरिङ मार्फत सिँचाइ गरिएको छ । तर, आकासे पानी जस्तो प्रशस्त सिँचाइ नहुँदा समस्या भएको छ,।

पश्चिम नवलपरासीमा लक्षित क्षेत्र भनेकाे २१ हजार हेक्टरमा धान खेती हुने लक्षय हाे । अहिलेसम्म यसकाे ९५ प्रतिशत राेपाइं सम्पन्न भएकाे कृषि ज्ञान केन्द्रले बताएकाे छ । कृषि ज्ञान केन्द्र परासी प्रमुख सन्ताेष चाैधरी भन्नुहुन्छ, हप्ता १० दिनसम्म अझ पनि पानी नपर्ने हाे भने धानबाली सफल नहुन पनि सक्छ ।

वर्षात्को समयमा नै यसरी खडेरी पर्दा समस्या भयो । वर्षभरि खाने अन्नको जोहो गर्ने समयमा नै यसरी मारमा परेपछि उत्पादन घट्ने पिरलो छ ।’

केही स्थानमा भूमिगत सिँचाइमार्फत खेतमा पानी लगाए पनि अधिकांश स्थानमा आकासे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । मलबिना नै रोपाइँ गरेका किसानलाई पानी नपर्दा थप समस्या परेको छ ।

तर, बीउ नसर्दै लगातार चर्को घाम लाग्ने र पानी नपाउँदा धान खेतीमा असर पुग्न सक्छ,’ अबको केही दिनसम्म वर्षा नभएमा असर पर्न सक्छ ।’

दशैँ -बिज्ञापन