पाकिस्तानको एक हिन्दु मन्दिरमा ताेडफाेड, अशान्ति

नवलपरासी, २७ साउन ।

पाकिस्तानको भोङ शहर स्थित एक हिन्दु मन्दिरमा ताेडफाेड गरिएकाे छ । त्यहांका स्थानिय एक समुदायले साे मन्दिरमा बलजफ्ती प्रवेश गरी ताेडफाेड गरेकाे हाे ।

सयाैंकाे संख्यामा आएकाे त्यस समुहका मानिसहरूले मन्दिर भवनका साथै मन्दिरमा रहेका गणेश भगवानका मुर्ति लगायत अन्य मूर्तिहरूलाइ ताेडफाेड गरि क्षतविक्षत पारेका छन् । नव निर्मित मन्दिर भवनमा कुंदिएका कलाकृतिहरू भत्काइएका छन् । ताेडफाेडमा संलग्नहरूकाे गतिविधि, जुन तस्विरमा कैद गरिएकाे छ, ताेडफाेड गर्नेहरूलाइ कसैले अवराेध गरेकाे देखिदैन । त्यहां प्रहरीकाे पनि कुनै उपस्थिति छैन । ताेडफाेडमा उत्रेकाहरू निर्वाध रूपमा क्षति पुर्याइरहेका छन् ।

मन्दिरमा हालै नियुक्त पुजारी हरसी अन्तरराष्ट्रिय मिडिया बी बीसीलाइ दिएकाे अन्तरवार्तामा हाम्राे अास्थामाथि ठुलाे प्रहार गरिएकाे बताएका छन् । उनले भने, भगवानले के बिगारेका थिए र ?ताेडफाेड गरिनुका साथै मन्दिरमा रहेका सुनका मुर्तिहरूकाे अवशेष पनि मन्दिरमा रहेन । ताेडफाेड गर्नेहरूले मूल्यवान मुर्तिहरू समेत लुटेर लगेकाे अवस्था छ ।

पाकिस्तानकाे एक अदालतले एक बालकलाइ रिहाइ गर्न दिएकाे आदेश पश्चात आक्राेसित बनेकाे स्थानीय समुदायका मानिसहरू भाेङ शहरमा रहेकाे त्यस हिन्दु मन्दिरकाे ताेडफाेड गर्नमा उत्रेकाे बताइएकाे छ । एक ८ वर्षे हिन्दु बालकलाइ प्रहरीले पक्राउ गरेपछि पीडित परिवार रिहाइकाे लागि अदालत पुगेकाे थियाे । अदालतले रिहाइ गर्न अादेश पश्चात ति बालकलाइ प्रहरीले छाडनु पर्याे । अदालतकाे विरूद्ध उत्रेकाे साे समुदायले हिन्दु मन्दिरमा ताेडफाेड गरि क्षति पुर्याएकाे छ । ८ वर्षे ति बालकमाथि ५ अगस्तका दिन मदरसामा पिसाब फेरेकाे आराेप लगाइएकाे छ । रिहाइकाे आदेश दिदै अदालतले ८ वर्षे बालककाे मानसिक क्षमता बुझ्न नसकेकाे भन्दै प्रहरीकाे आलाेचना गरेकाे छ ।

घटनामा संलग्न २० जना भन्दा बढीलाइ प्रहरीले पक्राउ गरेकाे छ । अन्य १५० जनामाथि पाकिस्तान दण्डसंहिताकाे विभिन्न धारामा मुद्दा दर्ता गरी घटनाकाे भिडियाे फुटेजकाे माध्यमबाट पहिचान गरी खाेजी गरिरहेकाे प्रहरीकाे भनाइ छ ।

घटनाकाे नेपाल मानव अधिकार संगठनले पाकिस्तानी राजदुतलाइ पत्र लेखी भर्त्सना गर्नुका साथै अल्पसंख्यक हिन्दुहरूकाे मानव अधिकारकाे रक्षाकाे अपिल गर्दै न्यायिक छनबीनकाे माग गरेकाे छ । नेपालका विभिन्न हिन्दु संगठनहरूले हिन्दु धर्मावलम्बीहरूले समेत शान्तिपुर्ण तरिकाले आफ्नाे धर्म संस्कृतिकाे अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यता अनुरुप बाच्न दिनुपर्ने माग गर्दै विराेध जनाएका छन् । अन्तरराष्ट्रिय जगतमा घटनाकाे निन्दा हुन थालेकाे छ ।