बिज्ञापन

लाहोर – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गिरफ्तारीको तरवार लटकिएको छ ।  इस्लामावादको एक अदालतले केही दिन अघि उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो, त्यसपछि पुर्ब प्रधानमन्त्री इमरान फरार छन्।  यी सबै बीचमा इमरानका समर्थकहरूले सडकमा लगातार विरोध प्रदर्शन गरिरहेका छन्।  बुधबार यो आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रहरीले इमरानका समर्थकमाथि लाठीचार्जका साथै अश्रुग्यास प्रहार गरेको थियो ।  यस क्रममा दुबै तर्फबाट कैयौं घाइते भएका छन् भने एक जनाको मृत्यु भएको खबर पनि आएको छ ।

प्रहरी पनि घाइते भएका छन्

पाकिस्तानका सूचना मन्त्री आमिर मिरले बुधबार इमरानको र्‍यालीका लागि अनुमति नदिइएको बताउनु भयो किनभने त्यहाँ कानून र व्यवस्था बिग्रने खतरा थियो र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा त्यहाँ धेरै कार्यक्रमहरू पनि प्रस्ताव गरिएको थियो।  इमरानका समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज र पानीको फोहोरा, अश्रुग्यास प्रहार गरेको मिरले रोयटर्सलाई बताए।  यस क्रममा कम्तीमा सात प्रहरी घाइते भएको उनले बताए ।  इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का १२ कार्यकर्ता पक्राउ परेका छन् ।  खानका सहयोगी शफकत महमूदले यो सरकार फासीवादी भएको र झडपमा धेरै कार्यकर्ता घाइते भएको बताए।

दशैँ -बिज्ञापन