Advertisement

राजन कुमार बानिया पर्सा २८ फागुन

आर एम केडिया आँखा अस्पताल परवानीपुरको सहयोग जसपा नेपालले आयोजना गरेकाे एक दिने निशुल्क आखा शिविर पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा सनिवार सम्पन्न भएको छ।

Advertisement

श्रीमंगल माबी भिस्वामा आयोजना गरिएको साे आंखा शिविरमा ४ सय ५ जनाले आँखा चेकजाँच गराएका थिए। जसमध्ये १ सय ४० जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाले जनाएको हो ।

शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियोे । निशुल्क आखा शिबिरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाका ईगरासन साह कलवारले जनाएका छन। निशुल्क आखा शिविर प्रदेश सांसद सिंगासन साह कलवारको प्रमुख्य अतिथ्यमा सम्पन्न भएको थियो । निशुल्क आखा शिविरमा केडिया आखा अस्पतालका चिक्तिसक, रासदेव साह, संतोष साह, लालबाबु मण्डल, राजेश अधिकारी, चनरमन पटेल लगायतले आखाका रोगीहरुलाई चेकजाच गरेका थिए।

निशुल्क आखा शिविरमा जसपाका स्थानीय दिपेन्द्र साह, रामपुकार यादव, कृष्णा साह, अबदुल मियाँ लगायतकाको सहभागिता रहेको थियो । शिविरमा मोतियाबिन्द रोगीहरुलाई परवानीपुरमा निशुल्क अप्रेसन गराउने आयोजक संस्थाले जनाएका छन्।

Advertisement