बिज्ञापन

काबुल: अफगानिस्तानको मजार-ए-शरीफ सहरमा पत्रकारहरूको सम्मान समारोहमा शनिबार भएको बम विस्फोटमा कम्तिमा एक जनाको मृत्यु हुनुको साथै आठ जना घाइते भएका छन्।  बल्ख प्रान्तको राजधानी मजार-ए-शरीफको ताबियन फरहाङ सेन्टरमा पत्रकारहरू एक अवार्ड समारोहका लागि भेला भएका बेला बिहान ११ बजे विष्फोट भएको बल्ख प्रहरीका तालिबानद्वारा नियुक्त प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताए।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले पाँच पत्रकार र तीन बालबालिका घाइते भएको जानकारी दिए ।  विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु भएको उनले बताए ।  दुई दिनअघि मजार–ए–शरीफमा भएको बम विस्फोटमा एक प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।  घाइते हुनेमा ‘आर्याणा न्युज’ टेलिभिजन च्यानलका रिपोर्टर नजिब फर्याद रहेका छन् ।  फर्यादले आफ्नो ढाडमा केही ठोक्किएजस्तो महसुस भएको बताए ।

ISIS-K मा आक्रमण भएको आशंका

यसपछि ठूलो आवाज आयो र उनी भुइँमा ढले ।  आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन, तर इस्लामिक स्टेट समूहसँग सम्बद्ध क्षेत्रीय संगठन खोरासान प्रान्तमा इस्लामिक स्टेट तालिवानको प्रमुख प्रतिद्वन्द्वी हो।  तालिबानले अगस्ट २०२१ मा अफगानिस्तानको सत्ता कब्जा गरेपछि यस संगठनको आक्रमण बढेको छ।  यी आक्रमणहरूमध्ये धेरै जसो तालिबान गस्ती र अफगानिस्तानको शिया अल्पसंख्यक समुदायका सदस्यहरूलाई लक्षित गरेका छन्।

दशैँ -बिज्ञापन