पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सक्नुपर्नेः नगरप्रमुख बस्याल

परासी, ४ चैत । पश्चिम नवलपरासीमा  आजदेखि दुइ दिने पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम शुरु भएको छ ।

नेपाली पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक दुहिदिने कार्यक्रम  शुरु भएको  हो । कार्यक्रमको उद्घाटन गदै नगर प्रमुख धीरज शर्मा ले पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सकेमात्र पत्रकारितामा  सफलता प्राप्त हुनेमा जोड दिएका थिए ।

उनले पत्रकारले समाचार लेख्दा गहिराइमा गएर समाचार सम्प्रेषण गर्न आग्रह गदै राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न बताए । नगरप्रमुख शर्माले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न जरुरी रहेको बताए । नगरले गरेको राम्रो काम प्रचारप्रसार र नगरले चालेको विकास निर्माण कामको प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख माया पौडेलले स्थानीय तहले गरेका राम्रो काम र बाटो बिराएको खण्डमा झूक्झकाउने काम गर्न बताइन ।

महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति टिकाराम गैरे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मोहन पौडेल महासंघका सल्लाहकार जाहन्बि जोशी, दौँतरी रेडियोका प्रबन्धक निर्देशक नारायण भण्डारी लगायतले आ-आफ्नो धारण राखेको महासंघका सचिव राजकुमार रेशमीले जानकारी दिए ।

कार्यक्रममा  बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले, बर्दघाट नगरपालिकाले गरेको विकास निर्माण र योजनाहरूको बारे जानकारी गराएका थिए दोस्रो सेक्सनमा अदालती रिपोर्टिङको बारे जिल्ला न्यायाधीश सहजीकरण गर्नुहुनेछ ।