श्याम थापा
२६ फाल्गुन ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पुनः खेमकान्त भट्टराई अध्यक्षमा चयन हुनु भएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका स्थित गोपिगन्जमा भएको व्यवसायीक संरक्षण र साङ्गठनिक सशत्तिकरण हाम्रो अभियान मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको १२ औ बार्षिक साधारणसभा तथा छैठो अधिवेशन कार्यक्रममा खेमकान्त भट्टराईको सभापतिमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी ढकाल,उपाध्यक्षमा श्याम प्रसाद पाण्डे,सचिवमा तिलक राम बस्याल,सहसचिवमा रामरत्न हरिजन र कोषाध्यक्षमा कृष्ण प्रसाद काफ्ले चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा रश्मि पौडेल,पवन पाण्डे,थिरलाल अधिकारी,अष्मिता स्वर्णकार,लेखनाथ खरेल,दिन माधव,कुलचन्द्र भण्डारी,चिन्तामणी चौधरी र संजय मौर्य रहेको छ ।
नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको गोपिगन्जमा सम्पन्न भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको एक कार्यक्रम गरि सभापति खेमकान्त भट्टराईको सभापतित्वमा र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय उप महासचिव मनरी बस्यालको प्रमुअतिथ्यतामा भएको कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता पश्चिमका पुस्तक तथा स्टेशनरी व्यवसायकर्मीहरुको सहभागिता रहेकोे थियोे ।
सो १२ औ बार्षिक साधारणसभा तथा छैठो अधिवेशन कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवाली, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्वका सभापति देवीलाल काफ्ले लगायतले नवनिर्वाचित समितिलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल सरकारले अङ्कित गरेको मुल्य निर्धारण अनुसार पुस्तकहरु व्यवसायकर्मीहरुले उपभोक्ताहरुलाई आग्रह गर्नु भएको छ ।