नारायणी नदिमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक बेपत्ता

12
बिज्ञापन
श्याम थापा
सुस्ता १४ पुष, नवलपरासी ।
नारायणी नदिमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा बर्ष १५ का अनुप धोबी रहेका छन ।
साथीहरूसंग नारायणी नदि पारी गएका उनी बयर फल टिपेर फिर्ता हुने क्रममा नारायणी नदिको ठोक्कर नम्बर ३ मा नजिकै डुङ्गा अनियंत्रित भै पल्टिँदा धोबी बेपत्ता भएका हुन ।
धोबीसंगै गएका उनका दुई साथीहरू पौडेेर ज्यान बचाउन सफल भएका हुन ।
बेपत्ता भएका अनुप धोबीको खोजी कार्य जारी रहेको सुस्ता गाउँपालिका वार्ड न ५ को प्रहरी चौकी रामनगरका इन्चार्ज राजु पौडेलले बताए ।
Advertisement