युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउण्डेशनले स्वरोजगार युवा अभियान संञ्चालन गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दे फाउण्डेशनले यो अभियान पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा सुरु गरेको छ ।
चौधरी फाउण्डेशन र सिजी पोलिटेक्निकको आयोजनामा सुरु भएको अभियानले युवाहरुलाई सिप प्रदान गर्ने र उनीहरुलाई स्वरोजगार बनाउनु मुख्य उद्देश्य रहेको सिजी पोलिटेकका अध्यक्ष निर्वाण चौधरीले बताए । कार्यक्रम उद्घान गर्दे चौधरीले अब नवलपरासी क्षेत्रका युवाहरुलाई सिप प्रदान गरेर उनिहरुमा सिप विकास गर्ने बताउनुभयो । ‘कयौँ युवाहरु विदेश जान्छन, सिप अभावले समस्यामा परेका हुन्छ ।
यस्ता युवाहरुलाई देशमै सिपको विकास गराएर देश मै रोजगारको व्यवस्था मिलाउने अभियानमा छौ’ अध्यक्ष चौधरीले भने । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपालमा सबै भन्दा बढि बैदेशिक रोजगारमा जाने प्रदेश मध्ये लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि नवलपरासी क्षेत्र रहेको हुदा यो समस्या अन्त्य गर्न पनि युवाहरु सरल तरिकाले तालिम प्रदान गर्न नवलपरासीमा शाखा संञ्चलनमा ल्याएको बताए ।

तालिम केन्द्रमा युवाहरुलाई विशेष गरि प्राविधिक क्षेत्र अन्तरर्गतका सिपहरु प्रदान गरिने सिजी पोलिटेकका प्रिन्सीपल शिवहरी ढकालले जानकारी दिए । उनका अनुसार नवलपरासीमा युवाहरुलाई सीप सिकाई आत्म निर्भर बनाउनु, मेकानिकल पिटर, इन्डष्ट्रियल, इलेक्ट्रिसियन कार्यक्रम संञ्चालन गर्ने विदेश जाने युवाहरुलाई देशमै स्वरोजगार बनाउने जानकारी गराए ।
प्रिन्सीपल ढकालका अनुसार सिजी पोलिटेक्निकले यस अघि नवलपुरको कावासोती र मध्यविन्दु नगरपालिकाका स्थानिय २५ जना युवाहरुलाई प्लम्बीङ तालिम, मध्यविन्दु नगरपालिकाका ३५ जना स्थानिय महिलाहरुलाई बेकरी तालिम समेत प्रदान गरेको बताए । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ मा २०६६ सालबाट सुरु गरेको सिजी पोलिटेक्नीकले युवाहरुलाई प्राविधिक तालिम प्रदान गरि उद्योगमै रोजगारको वातावरण सृजना गरेको छ ।
देवचुली नगरपालिका वडा नम्बर २ मा स्थापना देखि हाल सम्म तीन हजार बढिलाई तालिम प्रदान गरेको र अब भने सिजीले यसलाई निरन्तरता प्रदान गर्न शाखा कार्यलयका रुपमा प्रतापपुर ७ मा संञ्चालन गरेकोे जनाइएको छ । ६ महिना सम्म तालिम संञ्चालन हुने र तालिममा सहभागिहरुलाई प्रमाण पत्रसंगै उत्कृष्टलाई रोजगार समेत प्रदान गर्ने पोलिटेक्निकले जनाएको छ । आफ्नो शाखालाई प्रतापपुरमा विस्तार गरे संगै त्यहाँका स्थानिय उत्साहित बनेका छन ।
स्थानिय राजेश कोहारका अनुसार आफुहरु वेरोजगार रहेको अवस्थामा सिजी पोलिटेकले ल्याएको सीप विकास तथा आत्मनिर्भर कार्यक्रमले आफुहरुमा परिवर्तन ल्याउने विश्वास लिएको बताए । उनले विदेश जाने युवाहरुलाई सिप प्रदान गरि देशमै सिप सिकाइ रोजगार प्रदान गर्न सके देश विकासमा युवाहरुको चासो समेत हुने बताए ।