नवलपरासीका चर्चित गायक अकलेश

नवलपरासी
विनोद मण्डल, २३ कार्तिक ।
गायन, वादन र संगीतको संयोजनको उपज मानिन्छ लोकगीत । गला र कलाबाट आफ्ना भावना व्यक्त गर्न कुनैपनि ब्यक्ति जीवनका उकाली र ओरालीहरुमा ठक्कर खाएको हुनुपर्छ, अनि संगीतले आफ्नो स्वर्णिम अक्षरले इतिहास कोर्न पुग्दछ । बाल्यकालको वास्तविक प्रेम अनि मायालाई मिनेटमै समाप्त गरेर उजाड भएका मनमोहनी दिलमोहनीको कारण विवस जिन्दगी आज भोजपुरी गायन क्षेत्रमा प्रवेश गर्न विवस एक पारखीको जीवनको सामान्य परिचय ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ लोहरौली निवासी पिता लालमन यादव र माता प्रभादेवि यादवको एक्लो छोरा परिवारको ३ सन्तानमध्ये जेठा हुन् ।
जिल्ला नवलपरासी बोलको गीतबाट आफ्नो भोजपुरी गायन शुरू गरेका यादवलाई सानैदेखि यस क्षेत्रमा रुचि भएपनि करिब ४ वर्षदेखि मात्र यस क्षेत्रमा प्रवेश गरेको बताउछन् ।
करिब २ दर्जनभन्दा बढी भोजपुरी भिडियो सहितको गीतमा स्वर दिई सकेका यादव अहिले नवलपरासीमा चर्चित गायकको रूपमा चिनिन थालेका छन् ।
छठ लगायतका गीतहरू गाएका उनले समाजका वर्तमान समयमा युवालाई मध्यनजर राख्दै गीत गाउने गरेकाले उनी युवाहरुको मन मस्तिष्कमा बस्न थालेका छन् ।
अत्यन्त मिजासिला स्वभाव भएका गायक अकलेश यादवका गीतहरू भोजपुरीमा धार्मिक, मार्मिक अनि आधुनिकतामा अधारित छन् ।