नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ

0
195
Advertisement

सहबान अन्सारी

नवलपरासीमा भारी मात्रामा लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
मंगलवार प्रतापपुर गाउँपालिका वडा नं. ५ बैदौली स्थित भित्री सडकखण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ आउदै गरेको युपी ५६ एयन ३९४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको डिक्की भित्र रहेको झोलाबाट डाईफाम १७५ एम्पुल,फेनार्गन १७५ र नुफिन १७५ एम्पुल अबैध लागुऔषध विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठी परसौनीबाट खटिएको संयुक्त प्रहरीटोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मोटरसाईकल चालक जिल्ला महराजगंज ग्राम रेगहिया( भारत) बस्ने २० बर्षिय भोलु चौहान र सोही मोटरसाईकलमा सवार जिल्ला गोरखपुर ग्राम गोरखपुर बस्ने १९ बर्षिय राकेश साहनीलाई नियन्त्रणमा लिई दुबै जना बिरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Advertisement

Advertisement