Advertisement

सहबान अन्सारी, १ फागुन

नवलपरासीका उखु किसान विगत ४ वर्ष अघि देखिको उखुँको मुल्य भुक्तानी पाएका छैनन् । भुक्तानी दिलाउने प्रमुख दायित्व रहेकाे सरकारले समेत भुक्तानी दिलाउन पहल नगरेपछि उखु उत्पाद कृषक समिति नवलपरासीले सरकारसित जाेडदार माग गरेकाे छ ।

Advertisement

जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको उखुबाली राष्ट्रियबालीमा सुचीकृत भईसकेको अवस्थामा नेपाल सरकारको दायित्व भित्र पर्ने उँखुको न्युनतम समर्थन मुल्य निर्धारणका साथै समय मै भुक्तानी दिलाउने काम गर्न नसकेपछि विज्ञप्तिमा मार्फत माग गरिएकाे हाे ।

विगतमा उखुँको मुल्य भुक्तानीका लागि पटक पटक सडक संघर्ष गर्नुपरेकाे र यस बाध्यात्मक परिस्थिति सरकारले नै सिर्जना गरेकाेले राज्य गम्भीर हुनुपर्ने भनिएकाे छ । चिनी उत्पादनमा झण्डै आत्मनिर्भर भैसकेको हाम्रो देश पुनः गैर जिम्मेवार चिनि उद्योगपतिहरुका कारण पुनः परनिर्भर हुने अवस्था सृजना भएको चिन्ता व्यक्त गरिएकाे छ ।

विगत ३ वर्षदेखि बन्द रहेको र करिब २ करोड भन्दा बढी रकम उखुँ किसानलाई तिर्नुपर्ने बाकी रहेकाे इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रीज गंगापुरका उद्योगका संचालक राकेश अग्रवाललाई ठगी मुद्दामा थुनामा राखेर कारवाही गर्दा पनि चुक्ता हुन सकेकाे छैन । सरोकारवाला निकाय गम्भीर भई निज उद्योगपति लाई पुनः थुनामा राखेर भएपनि पीडित उँखु किसानहरुको बाकी भुक्तानी अबिलम्ब गर्न गराउन विज्ञप्तीमा माग गरिएको छ ।

साथै विगत वर्ष २०७७/०७८ मा नेपाल सरकारले निर्धारण गरेको दर रेट अनुसार प्रति कविन्ट रु.८/- बृद्धि भएको रकम बागमति चिनि उद्योग कुडियाले हालसम्म भुक्तानि नगरेको हुदा लगभग ४० लाख बांकी भुक्तानी गर्न गराउनुपर्ने अवस्था रहेकोमा उक्त रकम भुक्तानीका लागि आवश्यक पहल गर्न गराउनका सम्पूर्ण सरोकारवाला निकायहरु संग जोडदार माग गरिएको छ ।

अन्यथा किसानहरु बाध्य भई यि उद्योगपतिहरु संग सम्बध रहेको उद्योगहरुको संचालनमा बाधा पार्ने लगायतका कामहरु गर्दा उत्पन्न हुने परिस्थितिको सम्पुर्ण जिम्मेवार उद्योगपति नै हुने उखु उत्पाद कृषक समितीका अध्यक्ष उमेश चन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement