नवलपरासीका कलाकार बि.के नर बहादुर अन्तर्राष्ट्रिय धउली अार्ट फेस्टिबलमा सहभागी हुदै

 

उमेश बि.क / नवलपरासी , २४ पुस

नवलपरासीका कलाकार बि.के नर बहादुर अन्तर्राष्ट्रिय धउली अार्ट फेस्टिबलमा सहभागी हुने भएका छन।

भारतकाे भुवनेस्वर अाेडिसामा जनवरी १२ देखि १५ सम्म सन्चालित चित्रकला प्रदर्शनि तथा पेन्टिङ क्याम्पमा नेपालकाे तर्फबाट चित्रकलाकाे मार्फत नेपाललाई चिनाउने उद्देश्यका साथ साे प्रतियाेगितामा अाफु सहभागी भएको चित्रकार नर बहादुर बि.क ले जानकारी दिनुभएको छ।

कलाकारहरुले अा-अाफ्नाे देशको कला संस्कृति अदान प्रदान गर्ने उद्देश्यले धवलि क्लेज अफ अार्ट एण्ड क्राप्टकाे प्रिन्सिपल पन्चनन समालकाे संयाेजकत्वमा हुने चित्रकला प्रदर्शनि तथा पेन्टिङ क्याम्पमा अाफु सहभागी हुन पाउँदा खुशी ब्यक्त गर्नुभएको छ।

चित्रकला मार्फत बिगत २० बर्ष देखि फ्रान्स,जर्मन,काेरिया,जापान,लिथुवानिया,थाइल्यान्ड,बङ्गलादेश,अफगानिस्तान लगाएतका विभिन्न देशमा नेपालकाे प्रतिनिधित्व गर्दै नेपाली कलालाई बिदेशमा पनि चिनाउन सफल हुनुभएको छ।