नदीपारीकाे सुस्तामा निशुल्क आँखा शिविर सञ्चालन गरिंदै, स्थानीय उत्साहित

भाैगाेलिक विकटताकाे घेरामा रहेकाे सुस्तामा एक दिने निशुल्क आँखा शिविर सञ्चालन गरिने भएकाेले स्थानीय उत्साहित भएका छन् ।
नारायणी नदीकाे घेराबन्दीले भारततर्फ सुगम रहेकाे सुस्ता नेपालतर्फबाट पुर्ण रूपमा अपायक रहेकाेले सुस्तामै राखिने शिविरले सुस्तावासी लाभान्वित हुने भएका हुन् । अधिंकाँश सेवा सुविधा भारतीय बजारबाट लिन बाध्य रहेका सुस्तावासी आफ्नै गाउंमा आँखा शिविर पाएपछि खुशीयाली व्यक्त गरेका छन् ।
मंसिर ०७ गते मंगलबारका दिन एकदिने निःशुुल्क आँखा शिविर सञ्चालन गरिदै छ । जसमा निशुल्क अपरेसन, ओैषधि र चश्मा समेतको व्यवस्था रहेकाे छ । शिविरकाे सञ्चालन खानेपानी तथा सरसफाइ संस्था सुस्ता ५, सुस्ता युवा टिमले गरेकाे संस्था अध्यक्ष मुन्सी कुमार हरिजनले जनाएका छन् ।
शिविरकाे आयाेजन नेपाल नेत्रज्याेति संघ, डा.बिनाेद निता कण्डेल आँखा अस्पताल परासीकाे सहयोगमा रहेको गरिएकाे छ । आयाेजकले आँखा राेग सम्बन्धि बिरामीहरूलाइ जनता दलित आधारभुत बिद्यालयमा  बिहान ०७ बजेबाट दर्ताको लागि उपस्थित अनुरोध गरेकाे छ ।