११ भदाै, नवलपरासी ।
 
लगातारको वर्षाका कारण देवदह –७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पुल भासिएपछि  पूर्वपश्चिम राजमार्गकाे अावतजावत ठप्प भएकाे छ ।
वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए । उनले भने पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्। 
 
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा पुर्ण रूपमा रोक लगाएको छ । पुल भासिए पछि देश कै पुर्व पश्चिम अावागमनमा बाधा उत्पन्न भएकाे छ ।