बिज्ञापन

नवलपरासी, पाैष ८, २०७४ उमेश बि.क ।

नवलपरासीको सरावल गाउँपालिका ४ हातिवनमा तेस्रो गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता सुरु भएको छ ।

Advertisement

सम्मे माई सामुदायिक युवा प्रतिष्ठान सरावल गाउँ पालिका वडा नं. ४ हातिवन द्वारा माघे संक्रान्तिकाे पावन अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता चन्द्रमणी चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँ पालिका वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँ पालिका वडा नं. ४ वडा अध्यक्ष यादवले खेलहरुमा युवाहरुको रुची हेर्नुपर्ने बताउदै खेलाडीहरुले अनुशासनलाई उच्च प्राथमिकता दिएर खेल्नु पर्नेमा जोड दिनुभयो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा सरावल गाउँ पालिका वडा न. ४ वडा सदस्य सुर्य नरायण यादव, नेपाली काङ्ग्रेस सरावल गाउँ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेवी गाेपाल सहानि, साबिक सरावल गा.बि.स खेलकुद समन्वय समिति अध्यक्ष महेन्द्र चाैधरी, युवा समाजसेवी हरिनारायण चाैधरी, हातिवन शिव मन्दिर अध्यक्ष मनाेज कुमार चाैधरी, क्लबका सल्लाहकार सम्भु प्रसाद चाैधरी, कमेश कहार लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

साे खेलकुद प्रतियाेगितामा नवलपरासीका ३० वटा फुटवल समुहको सहभागिता रह्ने बताईएको छ । अाज बेतहानि र फराैलि बिच भएको खेलमा २/२ बराबरी भएको हुदा पेनाल्टी भएको खेलमा फराैलिलाई ३ काे बिरुद्ध ४ गाेलले बेतहानि बिजय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार द्धितिय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १६ सेट जर्सि सहित अन्य पुरस्कार राखिएको छ ।

Advertisement