तिब्र बन्दै चुनाव प्रचार

6
बिज्ञापन

संजय कुशवाहा, नवलपरासी मंसिर १६ ।

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा घरदैलो तथा मतदाता भेटघाट गरि सुस्ता गाउँपालिका वाडा न. ४ नर्सहिमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति हनिफ मियाको अध्यक्षयतामा र निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार (सन्तु ) को प्रमुख अतिथ्यतामा संचालन भएकाे थियाे ।

निर्वाचन क्षेत्र न.१ प्रदेश सभा ख का प्रदेश सभाका उम्मेदवार मुकुल कुमार आचार्यको विशेषअतिथ्यतामा भएको कोणसभा कार्यक्रममा उम्मेदवार आचार्यले देशमा रहेका विभिन्न जातजातिहरूको अधिकार दिलाउने जिम्मेवारी नेपाली काग्रेस पार्टीले मात्र लिएको बताउनु भयो भने नेपाली काङ्ग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार कलवारले बर्षेणी आउने बाढीले गर्दा घर जोखिममा पर्नुका साथै खेतीयोग्य जमिन कटान हुने गरेको भन्दै उक्त समेस्याको स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।

नेता कलवारले संविधानको प्रभावकारी कार्यान्वयन संगै यश क्षेत्रको भौतिक पुर्वाधार निमार्ण सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत विकासका एजेन्डा सहित जनताको मांझ आएको कलवारले दाबी गर्नु भयो । सो कोणसभा कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादव, राज कुमार शर्मा, शम्भु श्रेष्ठ लगायतले कोणसभालाई सम्बोधन गर्दै यस निर्वाचनक्षेत्रमा काङ्ग्रेसमय बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

Advertisement