राजन कुमार बानिया, पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं ५ सबैठवामा डायमण्ड क्रिकेट कल्बले आयोजना गरेको उपाध्यक्ष टि २० क्रिकेट प्रतियोगिताको आज फाईनल खेलमा डायमण्ड क्रिकेट क्लबले जित हासिल गरेको छ।
डायमण्ड क्रिकेट क्लब पकहामैनपुर र बिन्दबासनी क्रिकेट क्लब बिच भएको फाईनल खेलमा डायमण्ड क्रिकेट क्लबले ३५ रनले जित हासिल गरेकाे छ ।
डायमण्ड क्रिकेट कल्बले पहिलो बैटिंग गरि अल ओभरको दस बिकेट गुमाउदै खेल १८९ रन बनाएको थियो भने उसको प्रतिउतरमा उतरेका बिन्दबासनी क्रिकेट क्लबले १७.५ ओभरमा अल बिकेट गुमाउदै १५४ रन बनाएर पराजित भएको थियो। आजको फाईनल खेलमा मैन अफ दि मैच डायमण्ड क्रिकेट क्लब पकहामैनपुरका बिजय पटेललाइ दिइएकाे छ ।
आयोजक कमिटीले बिजेता र उपबिजेताहरुलाई नगद समेत प्रदान गरेको थियो। बिजेतालाई ५० हजार र उपबिजेतालाई २५ हजार नगद समेत सिल्ड प्रदान गरिएको थियो। फाईनल खेलमा प्रमुख अतिथ रहनुभएका पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सरफुन नेशा खातुनकाे उपस्थिती रहेकाे थियाे ।
समापनमा पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ, आयोजक संस्थाका अध्यक्ष नासिर हुसेन र जनकिर हुसेनले बिजेता र उपबिजेताहरुलाई नगद र सिल्ड प्रदान गरेका थिए।