10.2 C
New York
Monday, November 27, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

टिकटकले पठायो सातबुँदे पत्र : प्रतिबन्ध विचार र अभिव्यक्ति स्वतन्त्रता विपरीत

spot_img

टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको टिकटकले टिप्पणी गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र लेखेर टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार विना नै सरकारले अनुचित रूपमा टिकटक बन्द गरेको उल्लेख गरेको छ।

सरकारले २७ कात्तिकमा सामाजिक सद्‌भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय लगत्तै टिकटकले सात बुँदामा विगतमा नेपालमा सरकारसँग भएका समझदारी उल्लेख गरेर असन्तुष्टि सहितको पत्र पठाएको हो। पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख छ। टिकटक बन्द गर्ने निर्णयले आफूहरू आश्चर्यमा परेको पत्रमा जनाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकको पत्र आएको पुष्टि गरे। “हामीले टिकटक बन्दको निर्णय गरिसकेपछि उनीहरूको पत्र आएको हो,” खनालले भने। उनले कार्यालय बिदा भइसकेपछि पत्र आएको र अब कार्यालय खुलेपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई जानकारी गराउने बताए। 

हिमालखबर सम्पादकीय: टिकटक प्रतिबन्धको निर्णय फिर्ता गर

टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको स्थानीय कानून विपरीतका सामाग्री हटाउने गरी नेपाल सरकारले सीधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको पत्रमा उल्लेख गरेको छ। गत जून महीनाको ७ तारीखका दिन स्थानीय कानूनको उल्लंघन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सक्ने सुविधा सहितको ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूलको पहुँच दिएको उल्लेख गरिएको छ।

सन् २०२२ को अक्टोबरदेखि गत जून महीनासम्म टिकटकले सामुदायिक गाइडलाइन उल्लंघन गरेका २९ लाख ८० हजार भिडिओ स्वतस्फूर्त रूपमा नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको पत्रमा उल्लेख गरेको छ।

त्यसैगरी, २९ अगस्टमा टिकटक डिजिटल सेवा करदाताका रूपमा दर्ता भइसकेको पनि उसले पत्रमा उल्लेख गरेको छ।

टिकटकले नेपालमा संयुक्त रूपमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समझदारी गरेको, ३ नोभेम्बरमा गृह मन्त्रालयको साइबर क्राइम नियन्त्रण र साइबर सुरक्षा सम्बन्धी समितिमा आफ्नो कार्यसम्पादनको प्रगति, सरकारसँगको सहकार्यको विषय प्रस्तुत गरेको पनि पत्रमा उल्लेख गरेको छ। 

रिपोर्ट: टिकटक बन्द, अधिनायकवादको पराकाष्ठा

नेपाल सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय यसअघि आफूसँग निरन्तर संलग्न भएर काम गर्नका लागि गरेको प्रस्तावको विपरीत भएको उल्लेख छ। उसले आफू नेपाल सरकारसँग भविष्यमा निरन्तर सहकार्य गर्न र आवश्यक चासो सम्बोधन गर्न तयार रहेको पनि जनाएको छ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme