22 C
New York
Friday, June 14, 2024

Buy now

spot_img
spot_img

जेष्ठ नागरिक मुस्कान केन्द्रको अधिवेशन सम्पन्न

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट । जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट –१४ धर्मबस्ती पश्चिम नवलपरासीको अधिवेसन सम्पन्न भएको छ ।

जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट – १४ धर्मबस्तीको प्रथम अधिवेसन धर्म वस्तिमा शनिवार सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर गिरीको अध्यक्षता तथा संस्था गठन प्रक्रियाका संयोजक जेष्ठ नागरिक लाल बहादुर जि.सी.को प्रमुख आतिथ्यतामा खुला शत्रको कार्यक्रम सम्पन्न भएको संस्थाका सल्लाकार एवं कार्यक्रम संयोजक मधु सुधन अर्यालले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार मधुसुधन अर्याल, ब्राम्हण समाजका केन्द्रिय सदस्य युवराज भण्डारी रिजाल, सदस्य भीम ज्ञवाली, ईश्वर बहादुर जि.सी. समाजसेवी राम बहादुर अधिकारी लगाएतले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष दुर्गा प्रसाद उपाध्यायको रहेको कार्यक्रमको संचालन सचिव लक्ष्मण जङ्ग हमालले गर्नु भएको थियो । सोहि दिन अधिवेशनले दुर्गा प्रसाद पाध्याको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको सर्बसम्वत चयन गरेको छ ।

उपाध्यक्षमा क्रमशः ईश्वर बहादुर जि.सी. र बाल कृष्ण ढकाल रहनुभएको छ भने सचिबमा लक्ष्मण जङ्ग हमाल, सह–सचिबमा खिम कुमारी श्रेष्ठ, कोषाध्यक्षमा खेम बहादुर बुढाथोकी, सदस्यहरुमा क्रमशः झरी कुमारी शर्मा, भिम बहादुर ज्ञवली, लोक नाथ भुषाल, देब बहादुर सुनार, भिम लाल अर्याल, दामोदर पन्थि, भिमा गिरी, बिनु खरेल, टक बहादुर राना रहेका छन भने सोहि दिन ईश्वरा नन्द नेपालको सम्योजकत्वमा ३ सदस्यीय लेखा समितिको चयन गरिईएको छ जस्को सदस्हरुमा क्रमशः भाष बहादुर राना र सरस्वति कण्डेल भुर्तेल रहनु भएको निर्वाचन मण्डलका संयोजक आनन्दराज अधिकारीले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme