जिपको ठक्करबाट २ जनाको मृत्यु

19

सल्यान, १५ असोज

शारदा नगरपालिका-२ बाङगेसल्लास्थित सडकमा शारदा नगरपालिका-४ साईलाकम्द बस्ने २५ वर्षीय टंक प्रसाद ओलीले चलाएको लु.२ च ५७०१ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको स्थानीय शारदा मेट्रो अस्पताल हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । जिप अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भई सडक किनारमा बसिरहेका उनीहरूलाई ठक्कर दिँइ सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

जिप चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनासंग सम्बन्धित खबर पढन यहां क्लिक गर्नुहाेस् ।