इन्जिनमा धुवाँ देखिएपछि तनाव
काठमाडौंका लागि नेपालगञ्जदेखि उडेको श्री एयरलाइन्सको (एन-एएनएफ) जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गरिएको हो ।जहाजमा चालक दलका सदस्य सहित ७९ जना यात्रारत थिए र हाल जहाज सुरक्षित अवतरण भएको छ ।