जंगली बँदेलको मासु सहित २ जना पक्राउ    

86
Cuts of meat, pig. Pork, butcher shop. Vector illustration isolated on white background

सुनसरी, १५ असोज

इनरुवा नगरपालिका-४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।