चैत २३ गतेदेखि सरावलमा याेग विज्ञान शिविर संचालन हुने

 उमेश बि.क / सरावल, २२ चैत
नवलपरासीको सरावल गाउँपालिकामा चैत २३ गतेदेखि याेग बिज्ञान शिविर संचालन हुने भएको छ । सरावल गाउँपालिकाकाे अायाेजनामा उक्त शिबिर चैत २३ गतेदेखि २७ गते सम्मका लागि ५ दिन सम्म संचालन हुने भएको छ।
याेग शिबिर सरावल गा.पा २ जनता मा.बि मनरी र सरावल गा.पा ६ महेन्द्र जनता मा.बि गडाैरीमा बिहान ५ बजेदेखि ७ बजेसम्म सन्चालन हुने गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत झबिश्वर रेग्मीले जानकारी दिनुभएको छ।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले योग मानिसका लागि अत्यावश्यक भएकाले यसलाई जिवनउपयोगी बनाउनु पर्नेमा जोड दिदै योग सिकाई मात्र नभएर योगलाई स्वस्थ्य जीवनका लागि प्रयोग गरिए मात्र यसको सार्थकता रहने बताउदै सरावल गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्थानिय बासिमा अाफ्नाे पाएक पर्ने स्थानमा याेग बिज्ञान शिबिरमा सहभागी भई कार्यक्रम सफल पार्नकाे लागि आग्रह गर्नुभएको छ ।