नवलपरासी । ग्लाेबल आएमइ बैंक र बैंक अफ काठमाण्डु एक आपसमा मर्ज भएका छन् । मर्जर भए पश्चात बैंक ग्लाेबल आएमइ बैंककाे नामबाट बैंक सञ्चालन हुने सहमति भएकाे छ ।
मर्जर हुने प्रस्ताव पारित गरे लगत्तै दुबै बैंकहरूले नेपाल राष्ट्र बैंक, नेपाल धिताेपत्र र कम्पनी रजिष्ट्रारकाे कार्यालयलबाट समेत अन्तिम स्विकृतिका पाएपछि मर्जर भएका हुन् ।
मर्जर पश्चात ग्लाेबल आइएमइ बैंक लिमिटेडकाे नाउंबाट २०७९ पुष महिनाकाे २५ गते देखि एकिकृत वित्तिय काराेबार संचालन हुने भएकाे छ ।
मर्जर भइ पुष २५ गतेदेखि नियमित रूपमा काम सञ्चालन गर्नका लागि बैंकले पुष २३ र २४ गतेका दिन आन्तरिक कार्य व्यवस्थापन गर्ने भएका छन् । दुबै बैंककाे डाटा ट्रान्स्फर गर्ने भएकाले पुष २५ गते आइतवार बैंककाे शाखाबाट प्रदान गरिने सेवाहरू बन्द रहने जनाएकाे छ ।
यस अवधिमा ग्लाेबल आएमइ बैंककाे माेबाइल इन्टरनेट बैंकिङ, डेबिट क्रेडिट कार्ड, एटिएम, एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत रहने बैंकले जनाएकाे छ ।