गाेबरहियामा बालविवाह बिरुद्ध मन्चिय नाटक सम्पन्न

0
6

उमेश वि.क सरावल ।

फाल्गुन १२ । नवलपरासीको सरावल गाउँपालिका ४ गाेबरहियाकाे प्रांङ्गणमा बालविवाह बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न गरिएको छ ।

Advertisement

ए.बि.सि नेपालकाे अायाेजना एवम् स्ट्राेम फाउन्डेसनकाे सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम उन्नति सम्बाद केन्द्रकि अध्यक्ष ज्ञानमति हरिजनकाे अध्यक्षतामा तथा समाजसेवी एवम् नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पाण्डेयकाे प्रमुख आतिथ्यता तथा सिद्धार्थ मा.बि गाेबरहियाकाे प्र.अ.सुखाडि प्रसाद चाैधरीकाे बिशेष अातिथ्यतामा बालविवाह बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै समाजसेवी एवम् नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक पाण्डेयले बालविवाह बिरुद्ध मन्चिय नाटक अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो।

बालविवाह गरेका कयौं बालबालिका अाफ्नाे जिवन बर्बाद गरिसकेका छन। प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। बालविवाहले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ ।

त्यसैले यसप्रकारका बालविवाहबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ । र बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन ।

साथै यस्ता बालविवाह बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे बिचार राख्नुभएको छ। कार्यक्रममा सिद्धार्थ मा.वि गाेबरहियाकाे प्र.अ.सुखाडि प्रसाद चाैधरी, गाेबरहिया प्रहरी चाैकि इन्चार्ज रुम के.सि., महेन्द्र मा.बि सरावलका शिक्षक इन्द्रबहादुर चाैधरी, ए.बि.सि नेपालकाे फिल्ड सुपरवाईजर साइदा निशा, युवा समाजसेवी शिव चाैधरी र किशोरीमाया हरिजन लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad