कोरोनासँगको लडाइमा सेरमका पुनवालाको साहस

काठमाडौँ, २१ कार्तिक ।


गत वर्ष सिङ्गो संसार कोरोना महामारीसँग लडिरहेको थियो । त्यसै समय ३९ वर्षीय एक भारतीय व्यापारीले एउटा जोखिम लिएका थिए । सेरम इन्स्टिच्युटका कार्यकारी प्रमुख अदार पुनवाला प्रमाणित नभएको भ्याक्सिनका लागि सयौँ मिलियन डलरको जोखिम लिँदै उत्पादन कार्यमा संलग्न हुन तयार भएका थिए ।

त्यो समय अक्सफोर्ड विश्वविद्यालाय र अस्ट्रेजेनकाको उत्पादनमा रहेको भ्याक्सिन क्लिनिकल ट्रायलका क्रममा रहेको थियो । यो उपयोगी साबित हुन्छ कि हुँदैन भन्नेमा शङ्का थियो भने उत्पादन समयको बारे पनि अन्योल थियो ।

त्यो समय सम्झँदै पुनवाला व्यावसायिक रूपले हेर्दा जोखिम भए पनि मान्छेको जीवनलाई आधार मान्दा उक्त निर्णय नगरेको भए धेरैले पछुताउने अवस्था आउन सक्ने बताउँछन् ।

पुनवालाले सोही समयमा १ बिलियन डलर उठाउने र त्यही रकमको उपयोग गर्दै संसारका लाखौँ मानिसको ज्यान जोगाउने योजना बनाए । उनले संसारका गरिब देशलाई पनि सहयोग गर्ने सोचेका थिए ।

संसारका धेरै देशले पुनवालालाई विश्वास गर्दै रकम उपलब्ध गराउँदै थिए । यसैबीच बेलायतले अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिएपछि पुनवाला पनि भारतमा नायक साबित भए । भ्याक्सिनले अनुमति त पायो तर शताब्दीमा एक पटक आउने गरेका महामारी नियन्त्रणका लागि भ्याक्सिन सही स्थानमा लैजान र वितरण गर्ने कुरामा सेरम इन्स्टिच्युटले अनुमान गरेभन्दा धेरै कठिन अवस्था आइलाग्यो ।

सेरमलाई संसारका सबै देशमा भ्याक्सिन वितरण गर्न कठिन भइरहेको समयमा भारतमा अप्रत्याशित दोस्रो लहर शिखरमा पुगेपछि अन्य कुनै पनि देशमा सेरमको कोभिसिल्ड पठाउन भारतले बन्देज लगाएको थियो ।

सामुदायिक स्वास्थ्यमा चासो राख्नेका लागि पुनवाला अहिले चर्चाका पात्र हुन् । संसारकै ठूलो भ्याक्सिन निर्माता सेरम इन्स्टिच्युटको स्थापना पुनवालका बाबु साइरसले ५५ वर्षअघि गरेका थिए । सेरमले प्रत्येक वर्ष दादुरा, रुबेला र टिटानस लगायतको गरी एक अर्ब ५० करोड मात्रा भ्याक्सिन उत्पादन गर्ने गरेको छ ।

विश्वका स्वाथ्यविज्ञहरूले थोरै कम्पनीले मात्र मान्यता पाएको समयमा सेरमले धेरैसँग सम्झौता गर्नु स्वाभाविक भए पनि एउटै कम्पनीमा निर्भर रहनु धेरै देशको गल्ती भएको बताउँछन् ।

यो भ्याक्सिन धेरैजसो संसारका गरिब देशमा जाने गरेको छ । संसारका ५० प्रतिशतभन्दा बढी बालबालिकालाई सेरमले उत्पादन गरेको भ्याक्सिन दिने गरिएको छ । यसमा भारतसहित मध्यम तथा निम्न आय भएका देशका नागरिक धेरै पर्छन् ।

पुनवालाका पुर्खा भ्याक्सिन निर्माणभन्दा अघि घोडाको ब्रिडिङ गर्ने काममा संलग्न थिए । यो परिवार सन् ४० को दशकदेखि फर्मास्युटिकल, वित्तीय कारोबार र रियल स्टेटका कारोबारमा सक्रिय भएको हो ।

साइरस पुनवाला अहिले भारतका सातौँ धनी व्यक्ति मानिन्छन् । सन् २०११ मा सेरमका कार्यकारी प्रमुख बनाइएका साइरसका छोरा अदार पुनवाला सोही समयदेखि विश्वव्यापी रूपमा आफ्नो बजार विस्तार गर्न सक्रिय भएका थिए ।

पुनवालाले अस्ट्राजेनकाको भ्याक्सिन बनाउन कच्चा पदार्थ, केमिकल र ग्लासका लागि ८ अर्ब अमेरिकी डलर सुरुवातमै खर्च गरेको जनाएका छन् । अस्ट्राजेनेकासँगको सम्झौता लगत्तै उनले पश्चिम पुनेमा नयाँ प्लान्टको समेत निर्माण गरेका थिए ।

सेरमको यो सुरुवाती खर्चमध्ये २५० मिलियन डलर कम्पनीको खाताबाट रहेको थियो । यसै गरी विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट ३ सय बिलियन अमेरिकी डलर पाएका थिए ।

यसपछि सेरमले गरिब देशमा केही मात्रा भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नीति लिएको थियो । अन्य स्रोतको जोहो गर्ने काम भ्याक्सिन अर्डर गर्ने देशका सरकारले नै गरे । सेरमले एकैपटक ९ देशका साथै विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई पनि भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको थियो ।

यो भ्याक्सिनले अनुमति नपाएमा धेरै डोज फ्याँक्न तयार भएर नै सेरमले जोखिम लिएको थियो । सेरमले अन्तर्राष्ट्रिय स्तरमका सम्बन्ध विस्तारमा पनि आफूलाई सक्रिय राखेको थियो ।

अहिले भ्याक्सिनमा असमानता, गरिब देशको आर्थिक अवस्था, भ्याक्सिनप्रतिको हिच्किचाहट लगायत समस्या रहेका छन् । सेरमले विगतमा बाचा गरेका धेरै देशलाई भ्याक्सिन दिन बाँकी छ ।

आफ्नो कम्पनीलाई गेम चेन्जरको रूपमा उपस्थित गराउन पनि आफूले जोखिम लिएको पुनवालाले बताउँछन् ।

बेलायतले भ्याक्सिनलाई अनुमति दिएलगत्तै सेरमले विभिन्न देशलाई भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । गत मेसम्ममा जाभीमा सेरमले ३० मिलियन भ्याक्सिन उपलब्ध गराएको थियो ।

पुनवालाको यो योजना भारतमा कोभिड महामारी एक्कासि बढेपछि खेर गएको थियो । दैनिक ४ लाखभन्दा बढी पनि सङ्क्रमित भएका थिए । जानकारहरू सरकारी डाटामा यस्तो जनाइए पनि वास्तविक सङ्क्रमित यो भन्दा धेरै रहेको बताउँछन् ।

उक्त समयसम्ममा भारतले २ प्रतिशतलाई मात्र इम्युन गराएको थियो । भारतले सुरुवातमा आफ्ना नागरिकलाई सुस्त गतिमा भ्याक्सिन दिँदै भ्याक्सिन कूटनीतिलाई बढवा दिएको थियो ।

भारतमा एकाएक भ्याक्सिनको अभाव भएपछि अन्य कुनै पनि निकासीमा रोक लगाएको थियो । पुनवाला पनि आफ्नो देश पहिलो प्राथमिकतामा रहेको बताउँछन् ।

यसले संसारका धेरै गरिब देशलाई अप्ठेरो अवस्थामा लग्यो भने भने नेपाल र केन्या लगायत देशका धेरै जनाले कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाए पनि दोस्रो लगाउन पाएनन् ।

विश्वका स्वाथ्यविज्ञहरूले थोरै कम्पनीले मात्र मान्यता पाएको समयमा सेरमले धेरैसँग सम्झौता गर्नु स्वाभाविक भए पनि एउटै कम्पनीमा निर्भर रहनु धेरै देशको गल्ती भएको बताउँछन् ।

यसका बाबजुद धेरै जना पुनवालाले सुरुवातमा प्रतिबद्धता जनाएअनुसार भ्याक्सिन उपलब्ध गराउन नसकेकोमा आक्रोशित भए । त्यो आक्रोश अहिले पनि यथावतै छ ।

गत जुनमा सेरमले निम्न तथा मध्यम आय भएका देशका लागि मात्र १ बिलियन डलर डोज उपलब्ध गराउने जनाएको थियो । वर्षको अन्त्यसम्ममा ४ सय मिलियन डोज उत्पादन भएको थियो । भनेको जति उत्पादन नभएका कारणले सेरमप्रतिको आक्रोश सन् २०२१ को सुरुदेखि अहिलेसम्म यथावत छ ।

पुनवालाले भने हिसाबमा केही गल्ती भएको स्वीकार्दै बिस्तारै प्रतिबद्धता अनुसार उपलब्ध गराउने बताएका छन् । भारतमा कोरोना बढीरहेको समयमा उनले कोभिसिल्डको मूल्य घटाएका थिए ।

उनले आफ्नो देशका नागरिकलाई लक्षित गर्दै मूल्य घटाएको जनाए पनि अन्तर्राष्ट्रिय समुदाय यसबाट सन्तुष्ट रहन सकेन ।

भारतको कोरोना सङ्क्रमण शिखरबाट ओरालो लागेको छ । भारत कोभिसिल्डमा मात्रै निर्भर पनि छैन । अहिले भारतमा धेरै भ्याक्सिनलाई अनुमति छ । थुप्रै नयाँ कम्पनीको सम्झौता भएको छ ।

अहिले पनि सेरम इन्स्टिच्युटले मध्यम तथा निम्न आय भएका देशबाट नाफा नलिने आफ्नो योजनामा अडिग रहेको जनाउँदै आएको छ ।

अस्ट्राजेनकाले भने थुप्रै कम्पनीले पुरानो सम्झौता भङ्ग गरेको जनाएको छ । बजारमा धेरै भ्याक्सिनले मान्यता पाएपछि यसको मूल्य घटाउन अन्य भ्याक्सिनमा पनि दबाब बढेको छ ।

त्यसो त पुनवालाले सुरुवातदेखि नै यो महामारीको लडाइँ जित्ने क्रममा नाफालाई प्राथमिकतामा नराख्ने प्रतिबद्धता बारम्बार गरिरहेका छन् ।

अहिले भ्याक्सिनमा असमानता, गरिब देशको आर्थिक अवस्था, भ्याक्सिनप्रतिको हिच्किचाहट लगायत समस्या रहेका छन् । सेरमले विगतमा बाचा गरेका धेरै देशलाई भ्याक्सिन दिन बाँकी छ ।

यसबीचमा केही सकारात्मक पक्ष पनि छन् । भारतको कोरोना सङ्क्रमण शिखरबाट ओरालो लागेको छ । भारत कोभिसिल्डमा मात्रै निर्भर पनि छैन । अहिले भारतमा धेरै भ्याक्सिनलाई अनुमति छ । थुप्रै नयाँ कम्पनीको सम्झौता भएको छ ।

यसबीचमा पुनवालाका लागि पुराना आलोचकहरूका सामु पुरानै प्रतिबद्धता अनुसार वितरण गर्ने अवसर पनि छ । भारत सरकारले पनि सन् २०२२ को सुरुदेखि नै अन्य देशमा भ्याक्सिन उपलब्ध गराउन सकिने जनाएको छ ।

यसका लागि सेरमले अक्टोबरदेखि उत्पादन क्षमता पनि बढाएको छ । सेरमले एक महिनामा २२० मिलियन डोज कोभिसिल्ड उत्पादन गर्न सक्छ ।

रसियन डाइरेक्ट इन्भेस्ट फन्डसँग स्पुटनिकको लागि सम्झौता गरेको सेरमले अमेरिकी कम्पनी नोभाभ्याक्ससँग पनि सम्झौता गरेको छ ।

यावत आलोचनाका बाबजुद युवा कार्यकारीले सुरुवातमै लिएको जोखिम पक्कै महत्वपूर्ण हो । भारतको अवस्था सामान्य भएसँगै अपेक्षा गर्न सकिन्छ कि जसरी निम्न तथा मध्यम आय भएका देशको दादुरा, रुबेला र टिटानससँगको लडाइमा सेरमको उत्पादन मुख्य आधार ठहरिएको छ त्यसरी नै कोरोनासँगको लडाइँमा पनि सेरम प्रभावकारी साबित हुनेछ ।
–एजेन्सीहरूको सहयोगमा