बर्दघाट ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ७ नवलपरासीको आयोजना तथा सुआहारा कार्यक्रमको सहकार्यमा बर्दघाट नगर पालिका वडा नम्वर ७ लाई कोभिड – १९ रोग विरुद्धको पूर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रम बुधवार वडा कार्यालयमा सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्षता वडा नम्वर ७ को कार्यालयका वडा सचिव होमनाथ भण्डारीको अध्यक्षता तथा निबर्तमान वडा अध्यक्ष एवं बर्तमान वडा अध्यक्षका उम्मेदवार ध्रुव थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष थारुले हाम्रो देशमा मात्र नभई विश्व व्यापी रुपमा यस महामारीले गर्दा धेरैले आफन्तजन गुमाएको स्मरण गर्दै वडा बासि नागरिकहरुको स्वास्थ्य नै धन भएकोले आफुले सम्पूर्ण वडाबासीहरुलाई अनुरोध गरे अनुसार समयमै खोप लगाएर सुरक्षित रहेको बताउदै यस अभियानलाई स्वास्थ्य कर्मि लगाएत सबैले सहयोग गरेकोले यस वडा नम्वर ७ लाई कोभिड – १९ रोग विरुद्धको पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको बताउनु भयो ।
कार्यक्रममा निबर्तमान वडा सदस्य टंकनाथ पौडेल, वडा नम्वर ७ की महिला स्वयं सेविका माया रेग्मी, ग्राीन तारा नेपालको संयोजक रेखा अधिकारी, स्थानीय समाजसेवी ईश्वरी पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन माकर स्वास्थ्य चौकिका स्वास्थ्यकर्मि रंजिता तिवारी सापकोटाले खोप कार्यक्रम तिन चरणमा जम्मा १२५७ जनाले खोप लगाई सकेको बताउदै कोभिड – १९ रोग विरुद्धको पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको जानकारी दिनुभयो ।