कुशन बनाउने तालिम सम्पन्न

212

संजय कुशवाहा /नवलपरासी जेठ २३

नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.४ बर्दघाटेमा अपाङ्गता भएका महिला तथा अभिभावकहरूलाई कुशन बनाउने १५ दिने तालिम आज संपन्न भएको छ ।

Advertisement

जन जागृति अपाङ्ग संस्था सि.बी.आर नेटवर्क तथा प्रतापुर अपाङ्ग समन्वय समितिको आयोजना तथा प्रतापपुर गाउपालिका कार्यालयको सहयोगमा उक्त तालिम सुरू भएको थियो ।

संस्थाको अध्यक्ष बच्चा रायको अध्यक्षता तथा प्रतापपुर गाउपालिका उपाध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा बोल्दै ग्रामिण क्षेत्र विकासका लागि महिलाहरूलाई विभिन्न सिपमुलक तालिम आवस्यक रहेको बताउनु भयो साथै पाच साल कार्यकाल भित्र महिला हिन्सा मुक्त गराउन्छु उपाअध्यक्ष चौधरीले बताउनु भयो ।

सो कार्यक्रममा प्रतापपुर गाउपालिका वडा ४ का अध्यक्ष जन्त्री प्रसाद बरई, तालिमको प्रशिक्षक अन्जु पाण्डे, अंगीरा सहानी, तैहिद धुनिया, श्याम बदन हरिजन, सुनिता पौडेल लगायतहरूको उपस्थिति रहेको थियो ।

Advertisement