कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । अहिले घोषणा पत्रका बारेमा शिर्ष नेताहरुले बोलिरहेका छन् ।
सैदान्तिक रुपमा पार्टीको घोषणापत्रले पार्टीलाई मार्गचित्र प्रदान गर्ने गाइडलाइनको रुपमा बनेको हुन्छ । तर, कांग्रेसको चुनावी घोषणापत्र वाम गठबन्दनलाई सत्तोसराप गर्न बढी केन्द्रीत देखिन्छ ।
वाम गठबन्धनपछि चुनावी असुरक्षा महसुस गरिरहेको कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक र माओवादीलाई अस्थिर र अवसरवादीको आरोप लगाएको छ । यस्तै कम्युनिष्टलाई ‘हत्यारा र राज्य आतंकका पक्षपाती’को संज्ञा दिएको छ । यस्तै घाेषणापत्रमा लाेखाैंकाे राेजगारी सिर्जना गर्ने , वैदेशिक लगानी भित्र्याउने, उर्जा निर्यात गर्नेलगायतका कुरा उल्लेख छन् ।
के छ घोषणा पत्रमा ?
-
अर्थतन्त्र सय खर्ब हाराहारीमा पु¥याएर लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने
-
कुल गार्हस्थ उत्पादनको अनुपात औसत ५% पु¥याउने
-
वार्षिक एक खर्बदेखि पाँच खर्बबराबरको विदेशी प्रत्यक्ष लगानी भित्र्याउने
-
अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५% पु¥याएर
-
अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँस्ने
-
१५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन गरी आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गर्ने
-
गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३% भन्दा कममा झार्ने
-
न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत् सुरक्षा प्याकेजको कार्यान्वयन गर्ने
-
प्रत्येक नेपालीको स्वास्थ्य बिमा गर्ने
-
मोबाइल र इन्टरनेटको पहुँच सबै नेपालीमा पु¥याउने
-
पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने
-
तराई–मधेस र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिनासिञ्चित गर्ने व्यवस्था गर्ने
-
औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटाएर एक अंकमा सीमित गर्ने, मातृ मुत्युदर २५८ (प्रतिएक लाख जीवित जन्म) बाट घटाएर ५० मा झार्ने
-
नेपालको अन्तर्राष्ट्रिय छवि शतप्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्रको बनाउने
-
प्रमुख पर्यटकीय नगरहरूमा शतप्रतिशत र अन्य सहरहरूमा बहुसंख्यक सवारीसाधन विद्युतीय बनाउने
-
कुपोषण र भोकमरी निर्मूल पार्ने, सबै युवालाई साक्षर बनाउने र सीप र दक्षता हासिल गराउने
-
सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता अनिवार्य बनाउनेनेपालको ७५%भन्दा बढी जनसंख्या व्यवस्थित, सुविधासम्पन्न, आधुनिक सहरहरूमा बसोवास गर्ने व्यवस्था गर्नसुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि गर्ने
-
नयाँ भवनहरू अनिवार्य रूपले भूकम्प–प्रतिरोधी बनाउने