ऊखु उत्पादक कृषक समिति नवलपरासीको ३ बुदें माग सार्वजनिक: विज्ञप्ति सहित

42

 

सहबान अन्सारी, नवलपरासी ।
ऊखुको मुल्य र भुक्तानीबारे सधैजसाे विवाद हुने र समाधान अनिश्चित भईरहने हुनाले उखु उत्पादक कृषक समिति नवलपरासीले ३ बुदे माग सार्वजनिक गरेकाे छ ।

Advertisement

माग हरु:
१) बिगत साल ०७४/०७५ सालको ऊखुको न्युनतम मुल्य रु. ५३६/५६ मा रु.४६५/९२ चिनि मिलबाट रु. ६५ /२८ सरकारी अनुदान देखिएको हुदाँ रु. ५/३६ कम रहेको छ त्यो रकम कस्ले र कहिले दिने हो यकिन गरि किसानलाई अबिलम्ब भुक्तानी गराऊनु पर्ने ।

२) अनुदान रकमलाई सहजरुपले बितरण गर्न मन्त्रालय द्वारा स्विकृत कार्य बिधि अबिलम्ब सच्चयाई किसानहरुको बैक खातामा तुरन्त पठाऊन ब्यवस्था गर्नु पर्ने ।

३) यस क्रसिङ्ग सिजन ०७५/०७६ को ऊखुको उत्पादन लागतको आधारमा न्युनतम समर्थन मुल्य रु ५५० प्रति क्विन्टल अबिलम्ब कायम गर्नु पर्ने।

Advertisement