अविरल वर्षाका कारण जनजीवन प्रभावित,

११ भदाै, नवलपरासी ।
 
लगातारको वर्षाका कारण नवलपरासी रूपन्देही लगायतका जिल्लाहरूकाे जनजीवन प्रभावित भएकाे छ । जलजमावका कारण नवलपरासी पश्चिमकाे सदरमुकाम परासी बजार जलमग्न भएकाे छ । जिल्ला प्रहरी तथा जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयहरूमा पानी पसेकाे छ । उता रूपन्देही जिल्लाकाे देवदह–७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पुल भासिएपछि पूर्वपश्चिम राजमार्गकाे अावतजावत पुर्णतः ठप्प भएकाे छ ।
वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए । उनले भने पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्।
यता बर्दघाटदेखि सुनवलसम्म बीचबीचमा डाइभर्सनहरू भत्किएका छन् । जसले हाइवेकाे अावतजावत अवरूद्ध बनेकाे छ ।
 धेरै गाउंबीचकाे सम्पर्क टुटेकाे छ । थप विववरण अाउन बाकी छ ।