नवलपरासी, २ कार्तिक ।

बदल्दै गरेकाे माैसमका कारण भएकाे वर्षाकाे सबभन्दा बढि मारमा किसान परेका छन् । सरकारसित कुनै याेजना नै नभएकाे अवस्थामा किसान क्षतिपुर्ति पाउन पनि सकेका छैनन् ।

नवलपरासीकाे सुनवल नगरपालिकाले मात्र किसानकाे क्षतिकाे तथ्यांक संकलन गर्न वडालाइ निर्देश गरेकाे छ । अन्य वडाले किसानकाे यस क्षतिबारे अवस्था अध्ययन गर्न वा क्षतिपुर्ति दिन अहिलेसम्म कुनै याेजना बनाएकाे कुरा सार्वजनिक हुन पाएकाे छैन ।

किसानकाे अनुभवलाइ सुन्ने हाे भने कार्तिक महिनाकाे याे समय पानी पर्ने बेला हाेइन । मानसुन करिब निष्कृय भइरहेकाे हुन्छ तर माैसमविद भन्छन्, माैसममा बदलवा अाएकाे कारणले मनसुन सकृय भइ पानी परेकाे हाे ।

अनुमान गलत भएकाे हाेइन कि माैसममा बदलवा अाएकाे हाे । किसानलाइ सधैं भरि माैसम सिट फिट हुने समस्या झेल्नु परेकाे हुन्छ । वर्षाका कारण काटन नपाएर केरा खेत मै पाकेकाे छ, जसले किसान केरा बेच्न ग्राहक पाएका छैनन् ।

अहिले यस वर्षाले धानबाली र केरा बालीमा ठुलाे क्षति पुगेकाे छ । धान उत्पादनकाे लागि यस वर्षकाे माैसम अनुकुल रहेपनि अन्तिम अवस्था अर्थात बाली भित्र्याउने बेलामा परेकाे अविरल पानीले नाेक्सानी गरेकाे हाे ।

केराखेतीका किसानका लागि यस वर्षकाे सिजन नै उपयुक्त हुन पाएन । केरा किसान भन्छन्, असाढ १ गतेदेखि भएकाे भारी वर्षाले नै केरा काे कम्मर भांचेकाे छ । वृद्धि हुन पाएन । काेषा बढ्न पाएन, विकास हुन पाएन । अन्त्यमा अाएर खेतमा पाकेकाे केरा काट्ने समय उपयुक्त हुन पाएन ।

एकातिर बजार नपाएका केरा उत्पादक किसान वर्षाका कारण दाेहेार मारमा परेका छन् । स्थानीय सरकार मुक दर्शक बनेकाे छ । पालिकाहरूसित किसानका लागि कुनै याेजना छैन । नत समयमा मल बिउकाे उपलब्धता छ, नत राेग किराकाे जानकार अर्थात विज्ञ नै उपलब्ध छन् । बजार व्यवस्थापनकाे त कुरै नगराैं । बालीमा क्षति पुगेकाे अवस्थामा त राहतका लागि कुनै प्याकेज पनि छैन ।

स्थानीय सरकारकाे संरचना बनि रहदा जनतामा एक नयाँ प्रकारकाे अाशा पलाएकाे थियाे । तर सरकार निरिह भइरहदा मन खिन्न बनाएका किसान राहत तथा बजार व्यवस्थापनकाे खाेजीमा छन् ।