काठमाण्डाैं, २० भदौ |
एसियन कप छनौटको खेलमा नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालका लागि एक मात्र गोल बिमल घर्तीमगरले गरे । नेपालले २५ औं र २९ औं मिनेटमा गोल व्यहोर्दै खेल ताजकिस्तानको पक्षमा सुम्पिएको हो ।
४–४–२ को रणनीतिमा मैदान उत्रिएको नेपाल पहिलो हाफमा ताजिकिस्तानको दवाबमा रह्यो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै नेपालले विपक्षी डिफेन्सलाई व्यस्त राखे पनि एक गोल मात्रै गर्न सक्यो । हारसँगै नेपाल समूह एफको अन्तिममा पुगेको छ ।
एसियन कप छनौटको यसअघिको खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने यमनसँग बराबरी खेलेको थियो ।