एमालेले छान्यो २ नम्बर प्रदेशका उम्मेद्वार

काठमाण्डाैं, २० भदौ ।

प्रमुख विपक्षी एमालेले प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ११० स्थानीय तहका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

मंगलबर पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको नाम घोषणा गरेको हो ।

एमालेले धनुषामा भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।  जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका उम्मेदवार मंगलवार रातिसम्म तय गरिने एमाले महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । अन्य केही स्थानीय तहमा पनि उम्मेदवार चयन हुन बाँकी रहेको खबर नया पत्रिकामा छापिएकाे छ ।