तालमेलको जिम्मा जिल्लामा छोड्दै कांग्रसले टुंगायो २ नम्बर प्रदेशका उम्मेदवार

रमेश सापकोटा , काठमाडौं, २० भदौ ।

कांग्रेसले चुनावी तालमेलको जिम्मा जिल्लालाई दिदै कांग्रेसले बाँकी तहका उम्मेदवारको पनि टुंगो लगाएको छ । बाँकी रहेका ३१ वटा तहको उम्मेदवारीको अन्तिम टुंगो लागेको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दिए ।

बाराको कैलैया उपमहानगर प्रमुख राजेश राय यादव, जितपुर उपमहानगरपालिकाको प्रमुखमा कृष्णव्रत सिंह उपप्रमुखमा नारायणी रायमाझी, निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुखमा सीताकुमारी मैनालीको नाम टुंगो लगाएको हो ।

धनुषाको सहिदनगर नगरपालिका प्रमुखमा देवेन्द्र भरखेरको टुंगो लगाएको छ । जनकनन्दिनी गाउँपालिका प्रमुखमा अब्दुल शेख, हंसपुर नगरपालिकाको प्रमुखमा प्रदीपकुमार यादव, र उपप्रमुखमा रामकुमारी कामतलाई उम्मेदवार बनाइएको छ ।

मिथिला बिहारी नगरपालिका प्रमुख राजेन्द्र यादव, सबैला नगरपालिका प्रमुख विजयशंकर शाह, गणेशनाथ चारनाथ नगरपालिका प्रमुखमा संजय महतो उम्मेदवार बनाइएका छन् । मिथिला नगरपालिकाका प्रमुख र उप्रमुखको टुंगो लगाउने जिम्मा नेता आनन्द ढुंगानालाई दिइएको छ ।

महोत्तरीको भगाहा नगरपालिका प्रमुखमा ओमशंकर यादव, लोहरपट्टीमा संजयकुमार यादव र बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादव उम्मेदवार बनाइएको छ ।
तालमेल जिल्लाबाटै

केन्द्रबाट सबै तहमा उम्मेदवार तोकेको कांग्रेसले चुनावी तालमेल जिल्लाबाटै गर्न भनेको छ । खासगरी पूर्व पश्चिम राजमार्ग वरपरी एमालेको पकड रहेका तहमा उपप्रमुख माओवादीलाई दिएर चुनावी तालमेल गर्ने तयारी कांग्रेसको छ । भोलि उम्मेदवारी दिंदा नै तालमेल गरेर जाने तयारीमा कांग्रेस रहेकाे खबर नया पत्रिकामा छ  ।