श्रम तथा रोजगार राज्यमन्त्री चौधरी खेल उदघाटन गर्दागर्दै ….

संजय कुशवाहा/रबिन्द्र यादव, नवलपरासी असार ५ गते ।

नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री दिल्ली बहादुर चौधरीले नेपाल विभिन्न जातजातिको संस्कृतिले भरिएको देश नेपाल हाम्रो साझा सम्पत्ति हो, यसलाई जोगाएर राख्न सक्याैं भने मात्र देशको विकास हुने बताउनु भएकाे छ । उहांले नेपालमा जातिय विभाजन दुर्भाग्यपूर्ण रहेकाे बताउनु हुदै अाफ्नो र अरुको संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जाेड दिनु भएकाे छ ।

विहिवार नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ भुजहवा मा १८ अौं खुल्ला टि टवेन्टी क्रिकेट प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले देशका अधिकांश युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा ठगिने गरेकोले नेपाल सरकारले छिटै फ्रि भिषा फ्रि टिकटको व्यवस्था कार्यान्यवन गराउने बताउनुभएको थियो । साथै मजुदुर बिमालाई तत्परताका साथ लागू गर्नेमा सरकार लागी परेको जानकारी दिनुभया ।

वडा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा श्री नव दुर्गा युवा क्लब भुजहवा नवलपरासीको आयोजनामा अाजदेखि      टि- टवेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको सो प्रतियोगिताकाे एक समारोह बिच श्रम राज्यमन्त्री दिल्ली बहादुर चौधरीले उद्दघाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्दघाटन गर्दै चौधरीले यस क्षेत्रमा खेल स्टेडियम आवश्यक भएकोले यस तर्फ ध्यान दिनु पर्ने माग गर्नु भयो ।साथै हिमाल, पहाड र मधेसीलाई यसको भाषा सभ्यता र संस्कृतिले एेक्यबद्ध बनाएको छ बताउनुभयो ।

प्रतियोगिताको उद्दघाटन समारोहमा कार्यक्रममा विशेष अतिथि नेपाली काग्रेस क्षेत्र न.५ का सांसद बिक्रम खनालले खेल मनोरञ्जनको साथै शारीरिक, मानसिक र समाजिक सद्भाव बढाउछ । भुगोल, भाषा र संस्कृतिको नाममा कसैसित भेदभाव ब्यवहार गरिने अधिकार गरिनु हुदैन । यदि काेही हिमाल, पहाड, मधेस र भाषा संस्कृतिको नाममा राजनीति गरेको छ भने त्यो देशकाे हितमा छैन । यस क्षेत्रको चौतर्फि विकासका लागि आर्थिक सहित सबै तवरबाट सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो ।

क्लबका अध्यक्ष दिपक क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.६ का सांसद देवकरण कलवार (सन्तु), सरावल गाउपालिका उपाध्यक्ष उतमा राय, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य अनिल गौड, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरूषाेत्तम सुवेदी, उमेश चन्द्र यादव लगायतको उपस्थिति थियोे ।

प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई रू. २१ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेतालाई रू. ११ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा नेपाल भारतका २० टिमको सहभागीता रहेको छ ।